दमौलीमा भएको ब्याडमिन्टन प्रतियोगितामा विनोद र दिपेन्द्र प्रथम

  • ख-
  • ख+

तनहूँ । फागुपुर्णिमाको अवसरमा दमौलीको टास्क भिलेजमा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा सिनियार टिमबाट विनोद श्रेष्ठ र दिपेन्द्र सापकोटा प्रथम हुनुभएको छ । तनहूँ र कास्कीका खेलाडिहरुले सहभागिता जनाएको प्रतियोगितामा पोखराबाट आउनुभएका अमृत पन्थ र सुजन लामिछाने प्रथम हुनुभएको थियो । व्यास १ का व्यवसायी रामकृष्ण क्षेत्रीको संयोजनमा संचालन भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद र खसि पुरस्कार दिईएको थियो । त्यसैगरि दोस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । विजयीहरुलाई हरिराज पण्डित, धुर्वराज पण्डित र मदन तिमल्सेनाले टिका र पुस्कारहरु हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन राजु रानाले गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?