भानु १२ मा अर्चलेमा ”अर्चले खेलकुद उत्सब २०८२” सञ्चालन हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं १२ मा रहेको श्री अर्चले युवा क्लबको आयोजनामा ”अर्चले खेलकुद उत्सब २०८२” सञ्चालन गरिने भएको छ।
प्रतियोगितामा विभिन्न उमेर समूहका महिला तथा पुरुष लक्षित ९ प्रकृतिका खेलकुद कार्यक्रमहरु सञ्चालन हुने युवा क्लबका अध्यक्ष कृष्ण बहादुर गुरुङले बताएका छन् ।
बिजया दशमीको अवसर पारेर यही आगामी असोज ११ गतेबाट १३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ।
उत्तः खेलकुद उत्सवमा खुल्ला पुरुष भलिबल, खुल्ला महिला फुटबल, ३५ वर्ष माथीको पुरुष फुटबल, सुस्त मोटरसाइकल दौड, खुल्ला छेलो प्रतियोगिता, १२ वर्ष मुनिको बेलुन फुटाउने प्रतियोगिता, १२ वर्ष मुनिको बिस्कुट खाने प्रतियोगिता, महिला मेच घुमाउने प्रतियोगिता र खुल्ला घैंटो फुटाउने प्रतियोगिता सञ्चालन हुने खुलकुद संयोजक सुदिप केसीले जानकारी दिएका छन् ।
सोही अवसरमा क्लबले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम समेत संचालन गर्न लागेको छ।
प्रतियोगितामा स्थानिय रूद्रदेवि युवा क्लब र एकता युवा क्लब सह आयोजकको रुपमा रहेका छन्।
सोही कार्यक्रमको अवसरमा रूद्रदेबी युवा क्लबद्वारा संचालित गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक सहयोगार्थ भाग्य उपहार कार्यक्रमको विजेताहरूको गोलाप्रथा समेत गरिने जानकारी रुद्रादेवि युवा क्लबका अध्यक्ष सर्जु रानाले दिएका छन् ।
युवाहरू बिचको आपसी सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकता सभ्य, स्वच्छ, स्वस्थ समाज निर्माणको निमित्त आजको आवश्यकता भन्ने मूल नाराका साथ आयोजना हुँदै गरेको प्रतियोगितामा भानु नगरपालिकाको कार्यालय र भानु १२ को वडा कार्यालयले सहयोगी तथा समन्वयी भूमिका निर्वाह गरेको जानकारी भानु १२ का वडाध्यक्ष बेल बहादुर अधिकारीले दिएका छन् । यस्ता प्रकृतिका खेलकुद कार्यक्रमहरूले युवाशक्तिलाई एकीकृत गर्दै सामाजिक क्रियाकलापमा अग्रसर गराउन प्रेरित गर्ने विश्वास आफूले लिएको समेत उशन्ले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?