निर्वाचन आयोगले तोक्यो उम्मेदवारी मनोनयन, अन्तिम नामावली प्रकाशन मिति

  • ख-
  • ख+

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको मिति तोकेको छ । शुक्रबार बसेको आयोगको बैठकले वैशाख ११ र १२ गते विहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको मिति र समय तोक्ने निर्णय गरेको हो । मनोनयन गर्दा निर्वाचन अधिकृतको कार्यालयमा गर्न सकिने आयोगले जनाएको छ ।

मनोनयनको सूची सोही दिन साँझ ५ बजे हुनेछ । उम्मेदवारको विरोधमा वैशाख १३ गते उजुरी दिनका लािग समय तय भएको छ । १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।
यस्तै वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ गते नाम फिर्ताको समय दिइएको छ । आयोगले १६ गते नै अन्तिम नामावली प्रकाशन गरी १७ गते चुनाव चिह्न दिने कार्यतालिका छ ।

आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?