तनहूँ । तनहूँ जिल्ला भिमाद नगरपालिका वडा नं. ३ माझकोट पिपल भन्ज्याङमा १ महिलाको पानी लिन जाँदा कुवामा डुबेर मृत्यु भएको छ । ४६ बर्षिय यम कुमारी थापा घरको पश्चिम तर्फ रहेको पानीको कुवामा पानी लिन कुवा डुबेर मृत्यु भएको निजको श्रीमान केयर सिंह थापाले टेलिफोन मार्फत खबर गरेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।
तत्पश्चात भिमादबाट प्रहरी टोलीले मुचुल्का पश्चात मृत लाश पोष्टमार्टमको लागि भिमाद स्वास्थ्य चौकीमा राखिएको पनि जिल्ला प्रहरी कार्यालय तनहूँ सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


