म्याग्दे गाँउपालिकाद्धारा विवादित ७ वालुवाखानी उत्खनन् ठेक्का रद्ध

  • ख-
  • ख+

(तस्विरः सांकेतिक )
तनहूँ । तनहूँको म्याग्दै गाँउपालिकाले आफ्नो गाँउपालिकामा संचालित केहि नदिजन्य उत्खनन् गर्ने घाटहरुमा उत्खनन् गर्न प्रतिबन्ध लगाएको छ । एक विज्ञप्ति जा।री गर्दै विभिन्न सात वटा घाटहरुमा अनुगमन गर्दा सम्झौतामा उल्लेखित उत्खनन् परिमाण उत्खनन् भईसकेको हुँदा गाँउपालिकाको निर्णय अनुसार ठेक्का रद्ध गरिएको जनाईएको छ । ठेक्का रद्ध गरिएका घाटहरुमा मझुवाघाट, झकास फुलवारी माथिल्लो घाट, कुडुलेघाट, घुमौने घाट, जिमकोट घाट, झिरलौदी घाट र टुनिवोट घाट रहेका छन् ।
धेरै लामो समयदेखि जनप्रतिनिधि र कर्मचारीचतन्त्रको मिलेमतोमा नदिजन्य पदार्थको अवैध उत्खनन् भईरहेको आरोप लागेपनि गाँउपालिकाबाट केहि कदम चालिएको थिएन । निर्वाचनको मिति घोषणा पश्चात गरिएको यसप्रकारको नदिजन्य पदार्थ उत्खनन्मा रोक कार्य निर्वाचन लक्षित रहेको आमसर्वसाधारणको बुझाई रहेको छ ।

(गाँउपालिकाद्धारा जारी सूचना)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?