राष्ट्रिय युवा संघ नेपाल तनहूँले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्रः सभागृहको नाममा राजनीति नगर्न आग्रह

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपाल तनहूँले सभागृहको नाममा राजनीतिकरण नगर्नै आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी तनहूँका अध्यक्ष मदन तिमल्सेनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउदै सरकारी बजेटबाट निर्माण भएको सभागृहको नाम सबै राजनितीक दल र सम्पूर्ण जिल्लावासीको अपनत्व हुने गरि साझा नाममा नामाकरण गरिनुपर्ने बताउनुभएको थियो । प्रधानमन्त्री देउवालाई बुझाईएको ज्ञापनपत्रमा दमौलीमा निर्माणाधिन सभाागृहको नाम कुनै राजनीतिक पार्टीका नेताहरुको नाममा नामाकरण गर्न व्यास नगरपालिकाले सिफारिस गरेको खबरप्रति गम्भिर असहमति जनाउदै जिल्लाका राष्ट्रिय व्यक्तित्वको नाममा नामाकरण गर्नुको साटो कुनै राजनीतिक दलका कार्यकर्ता खुशी पार्न गरिने कृयाकलापले आँउदा दिनहरुमा राजनीतिक दल विजयी भए फेरि नाम परिवर्तन हुन सक्ने सम्भावना रहेकोले यस बिषयमा गम्भिररुपमा सोच्न आग्रह गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?