 
                                     
								तनहूँ । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । तनहूँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । तनहूँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो ।
प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गर्नुभएको थियो ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


