मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या भएको छ । आइतबार स्थानीय समय अनुसार बिहान साढे १० बजेतिर मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो ।
घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको थियो । एकजनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । अस्पतालमा ६ जनाको उपचार जारी रहेको सीबीएस न्यूजले जनाएको छ ।
। मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या भएको छ । आइतबार स्थानीय समय अनुसार बिहान साढे १० बजेतिर मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो ।
घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको थियो । एकजनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । अस्पतालमा ६ जनाको उपचार जारी रहेको सीबीएस न्यूजले जनाएको छ ।
मिचोआकान विश्वमा सबैभन्दा बढी एभोकाडो उत्पादन हुने क्षेत्रको रुपमा पनि चिनिन्छ । गत महिना त्यहाँ कार्यरत एक जना अमेरिकी निरीक्षकमाथि सुरक्षा खतरा आएको भन्दै अमेरिकाले एभोकाडो निर्यातमा रोक लगाएको थियो । (एजेन्सी)








