तारेखमा छाड्न माग गर्दै पल शाहद्धारा उच्च अदालत पोखरामा निवेदन

  • ख-
  • ख+

पोखरा । नायक पल शाहले जिल्ला अदालत तनहूँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका शाहले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएका उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

उनलाई थुनामा पठाउने जिल्ला अदालत तनहूँको आदेश बदर गरी पाऊँ भनेर यहाँ निवेदन परेको छ,’ सूचना अधिकारी आचार्यले बताउनुभयो ।

अब उच्च अदालत पोखरामा जिल्ला अदालत तनहुँले गरेको आदेश ठीक हो वा होइन भन्ने विषयमा बहस हुने पनि आचार्यले जानकारी दिनुभयो ।

नायक पल शाहले आफूलाई विवाह गर्छु भनि पटकपटक जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिग गायिकाले फागुन ११ गते जिल्ला अदालत तनहूँमा उजुरी दिनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?