स्थानीय चुनाव र हाम्रो दायित्व

  • ख-
  • ख+

हुतमणि अधिकारी । स्थानीय चुनावको तिथि नजिक भइसकेको छ। राजनीतिक दलहरूले सांगठनिक र चुनावी कार्यक्रम लिएर जनता माझ गइसकेका छन् । पार्टीका स्थानीय समिति , कमिटीहरुलाइ उम्मेदवार छनौट र सिफारिसको प्रकृया शुरु गर्न केन्द्रले निर्देशन गरिसकेकाले गाउँ शहर सबैतिर चुनावी सरगर्मी र चहलपहल बढेको छ ।
स्थानीय चुनाव संघीय र प्रादेशिक चुनाव भन्दा छुट्टै हिसाबले महत्त्वपूर्ण छ भन्ने कुरा आम जनताले अझ राम्रोसँग बुझ्न बाँकी छ। स्थानीय चुनाव परम्परागत हिसाबले जनप्रतिनिधि चुन्ने ( छान्ने यान्त्रिक प्रकृया मात्र होइन । यो त राजनीतिमा हावी हुँदै गएको गलत चिन्तन,प्रवृत्ति , शैली सुधारको साथै स्थानीय बिकास , योजना , संभावना र सुशासन कार्यान्वयनको सुनिश्चितता खोज्ने अभियान हो ।
चुनावलाइ सत्ता स्वार्थको राजनीतिक हतियार र दाउपेचका रुपमा बुझ्ने र प्रयोग गर्ने प्रवृत्ति ( मनोवृत्ति बढेको छ , यो ज्यादै खतरनाक छ।राजनीति सत्ता , शक्ति र स्वार्थ केन्द्रित बन्दै गएको छ। सेवाको रुपमा रहेको राजनीतिलाइ एउटा बर्ग वा समुहको पेवा , मेवा , ढेवा (पैसा) को भाँडो बनाउँदै लगिएको छ। बिभिन्न दबाब र प्रभाब द्वारा सिन्डिकेट खडा गरी राजनीतिलाइ परम्परागत सोच, शैली र धारमा नै बगाउने कोशिश भइरहेको छ ।
स्थानीय निर्वाचन राजनीतिक सुधार र जागरणको अभियान पनि हो र यसलाई असल राजनीतिक संस्कृति बनाउने , बसाउने अभियानको रुपमा अघि बढाउनु पर्छ। आम नागरिक र सचेत जनसमुदाय बाटो बिराएको राजनीतिलाइ सही मार्गमा ल्याउन , राजनीतिक बिकृति सुधार गर्नका लागि सचेत र सजग हुन जरुरी छ। राजनीतिक सुधारका लागि राजनीतिमा योग्य , सक्षम , असल पात्र र चरित्र स्थापित गर्नैपर्ने हुन्छ ।
स्थानीय चुनावको यस मौकालाइ राजनीति सुधार गर्ने , जनताका आबस्यकता र अपेक्षा प्रधान हुने, जनताले आफ्नो हितको पक्षमा रहेको योजना , कार्यक्रम बोकेको पार्टी र उम्मेदवारलाइ आश र त्रासको जालोबाट मुक्त भएर निर्धक्क छनोट गर्न पाउने अभियान बनाउनुपर्छ, अवसर बनाउनुपर्छ । ( सामाजिक संजालबाट))

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?