भानुको मेयरको उमेदवारमा एमालेबाट ४ जनाको चर्चाः पाण्डे बलियो उमेदवार हुने आकंलन

  • ख-
  • ख+

स्थानिय निकायको निर्वाचनको मिति घोषणासगै तनहूँको भानु नगरपालिकामा पनि राजनीतिक सरगर्मी बढेको छ । आदिकवि भानुभक्तको नामबाट नामाकरण गरिएको नगरपालिकामा अहिले नेपाली कांग्रेसका मेयर तथा उपमेयर पदमा भएपनि बिकास निर्माणको काम खासै नभएको प्रतिपक्ष दल नेकपा एमालेको आरोप छ भने आफ्नो पक्षको बहुमत नहुँदा काम कारवाहीको लागि अप्ठ्यारो आईपरेको वर्तमान् मेयर र उपमेयर र उहाँहरुको दल नेपाली कांग्रेसको दावी छ ।
लामो समयदेखि नेपाली कांग्रेस पक्ष र नेकपा एमाले पक्षका जनप्रतिनिधिहरुको दोषादोषले गर्दा विकास निर्माणका कामहरु उल्लेख प्रगति हुन नसकेको भानु नगरपालिकामा स्थानिय तहको निर्वाचनको घोषणासगै नेकपा एमालेका तर्फबाट मेयर पदका उमेदवारहरुको चर्चा परिचर्चा शुरु भएको छ । सुनिल पाण्डे, शंकर रानाभाट, प्रेम राना र सिताराम बजगाँई नेकपा एमालेको तर्फबाट भानु नगरपालिकाका सम्भावित मेयर उमेदवारहरुको नाम रहेको बताईएकोछ ।
नगरपालिकाको बस्तुस्थिति बुझेको, भिजन भएको व्यक्तिको रुपमा सुनिल पाण्डे बलियो उमेदवार हुनसक्ने उक्त क्षेत्रका धेरै मानिसहरुको आकंलन रहेको छ भने अघिल्लो पटकको निर्वाचनमा नगरपालिकामा बहुमत वडा अध्यक्ष र सदस्यहरु हुँदा पनि अन्तर्घातको कारणले मेयर उपमेयर गुमाउनु परेको कारण पनि सबैलाई मिलाउन सक्ने र लोकप्रिय व्यक्ति पाण्डेलाई मेयरको उमेदवारको रुपमा अगाडि बढाउनुपर्ने नेतृत्वलाई दवाव पनि परेको छ ।
त्यसो त शंकर रानाभाटलाई पनि भानु नगरपालिकाको मेयरको उमेदवारको देख्न चाहने र शंकर रानाभाट उमेदवार भएको खण्डमा विजयी हुन गाहे नपर्ने पनि धेरै कार्यकर्ताको आकंलन रहेको छ ।
त्यसैगरि नेकपा एमालेका भानु नगर सभापति प्रेम राना पनि मेयरको सम्भावित उमेदवार हुनुहुन्छ । पटक पटक नगरको सभापति भएको कारण उहाँको दावि स्वभाविक रहेको उक्त क्षेत्रका एमालेका कार्यकर्ताको भनाई रहेको छ ।
लामो समयसम्म आफुले पार्टीलाई पुर्याएको योगदानको कदर गर्नुपर्ने भन्दै सिताराम बजगाईले मेयरको उमेदवारको रुपमा आफुलाई अगाडि बढाउने सम्भावना अत्याधिक रहेको पनि उक्त क्षेत्रका एमालेको रहेको छ ।
भानु नगरपालिका क्षेत्रमा आफ्नो संगठन राम्रो रहेको, वर्तमान् मेयर र उपमेयरबाट बिकास निर्माणको काम नभएको, बिकास निर्माणमा पनि राजनीतिकरण भएको आरोप लगाएको नेकपा एमालेका चारै जना आकांक्षीहरु एकसे एक योग्य भएपनि लोकप्रिय, भिजन भएको, लोकप्रिय मिलनसार, जनताको बिचमा भिजेको व्यक्ति छनौट गर्नको लागि नेतृत्वलाई ठुलै दवाव परेको छ किनकी अघिल्लो निर्वाचनमा भानुमा मेयर र उपमेयर गुमाएको नेकपा एमाले यसपटकको निर्वाचनमा उक्त गल्तीलाई दोहोर्याउन चाहदैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?