 
                                     
								तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नंं १३ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उमेदवार हुन चाहनेको संख्या १ दर्जनभन्दा बढि रहेको छ । आफुलाई वडा अध्यक्षको उमेदवार बताउनुभएका एक व्यक्तिका अनुसार वर्तमान् वडा अध्यक्ष लेखबहादुर रानाले आफु वडा अध्यक्षमा नदोहोरिने बताएपछि वडा अध्यक्षका आकांक्षीहरको संख्या बढेको हो । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षको उमेदवार हुन चाहनेहरुमा गोविन्द गिरी, रेशम बि.क., एकराज तिवारी, बसन्त आले, अशोककुमार पन्थ, दयानिधी नराल, माधब पन्थ, सृजना तिवारी, मधुमाया बि.क., लक्ष्मी कान्त मिश्र, हरिचन्द्र पन्थ, ईश्वरराज पन्थ र भरतराज पन्थ रहनुभएको छ ।
विगतमा नेपाली कांग्रेसले सहज जित हात पारेको वडा भएको कारणले पनि धेरै जना आकांक्षीहरु देखिएको एकजना आकांक्षीको भनाई रहेको छ साथै वडा अध्यक्षको टिकट पाउनभन्दा पनि वडा सदस्यमा वार्गेनिगं गर्न र म पनि नेता हुँ भनेर उपस्थिति देखाउनका लागि आकांक्षीहरुको लर्को लागेको अर्का उक्त क्षेत्रका बासिन्दाको भनाई रहेको छ ।
कम्युनिष्ट मतदाताहरु एकजुट भएको खण्ड र नेपाली कांग्रेसले कमजोर, भिजन नभएको, जनताले विश्वास नगर्ने उमेदवार उठाएको खण्डमा बाहेक सजिलै कांग्रेसी उमेदवार विजयी हुनसक्ने सम्भावना रहेको व्यास १३ मा चर्चित विद्यार्थी तथा युवा नेता बसन्त आले, हाल नेपाली कांग्रेसको क्षेत्रिय सचिव दयानिधि नराल र सामाजिक संघसंस्था तथा राजनीतिमा पनि आफुलाई अब्बल प्रमाणित गरिरहनुभएकी सृजना तिवारीको पनि आकांक्षा रहेको हुनाले ३ मध्ये १ जनाले पाउने सम्भावना बलियो रहेको उक्त क्षेत्रका गठबन्धन दलका एकजना नेताको भनाई रहेको छ ।
१३ जना नै उमेदवारले आफुलाई भिजन भएको, वडाको विकास गर्न सक्ने बताईरहदा जनजाति समुदाय बिशेष गरि मगर समुदायमा र शिक्षकको माध्यमबाट नेपाली कांग्रेसलाई तनहूँमा विस्तार गर्न ठुलो योगदान गर्नुभएका यामबहादुर आले परिवारलाई उमेदवार बनाएर वडा नंं १३ मा कांग्रेसले बसन्त आलेले तनहूँ कांग्रेसलाई पुर्याएको योगदानको पनि कदर गर्नुपर्ने र आफ्नो पकड मजवुत बनाउनुपर्ने पनि एकथरिको राय छ भने नराल पनि आफु कुनै मामिला पनि पनि कोहि भन्दा कम नभएको बताउनुभएको छ । महिलाहरुलाई पनि वडा अध्यक्षको मौका दिनुपर्छ भन्दै अहोरात्र खट्नुभएकी महिला सृजना पनि हामी के कुरा कम छौ र वडा अध्यक्ष बन्न नहुने ? लोृकप्रियतामा, योगदानमा, भिजनमा, सामाजिक काममा सक्रियता मेरो कम भयो र ? आउनुस् न तर्क गरौ भन्नुभएको छ ।
कृषिमा उक्त वडालाई आत्मनिर्भर बनाउन लाग्नुपर्ने बताउनु भएका बसन्त आले, दयानिधी नराल, सृजना तिवारी , ईश्वर पन्थ लगायतका आकांक्षीहरु व्यावसायिक रुपमा कृषि पेशमा आवद्ध रहनुभएको छ ।
(तस्विरहरुः सामाजिक संजाल)


 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


