बन्दिपुरको अध्यक्षमा त्रिपक्षिय भिडन्तः घनश्याम, मानकाजी र क्षितिज भिड्ने अनुमान

  • ख-
  • ख+

तनहूँ । बैशाष ३० गते हुने स्थानिय तहको निर्वाचनमा तनहूँको बन्दिपुर गाँउपालिकामा आकांक्षीहरुको लर्को लागेको छ । अध्यक्षको उमेदवारको रुपमा नेकपा एमालेबाट घनश्याम श्रेष्ठ देवान, शान्ति कुवर र सुरेन्द्र थापा नेपाली कांग्रेसबाट मानकाजी श्रेष्ठ, धुव्रलाल प्रधान, कर्ण खत्री, सुकुमलाल गुरुगं र रेशम गुरुगं नेकपा माओवादी केन्द्रबाट पुर्णसिं थापा, करुणा गुरुगं, भानुभक्त पोखरेल, क्षितिज लामिछाने र जीवन कायस्थको चर्चा चलेको छ ।
नेकपा एमालेले त्यसक्षेत्रमा सामाजिक तथा राजनितीकरुपमा नाम कमाएका, त्यसक्षेत्रका सबै पार्टीका मानिसहरुले अभिभावकको रुपमा मानेका घनश्याम श्रेष्ठ देवानलाई अगाडि बढाएर जित्ने दाँउमा छ भने शाँन्ति कुवर पनि कमजोर उमेदवार नभएको एमाले वृत्तमा चर्चा भईरहेको छ । जुझाँरु नेता सुरेन्द्र थापा पनि जित्नसक्ने उमेदवारको रुपमा चर्चा गर्ने गरिएको छ ।
अघिल्लोपटक पार्टीका साथीहरुको अन्तर्घातका कारण पराजय बेहोर्न पुगिएको भन्दै बन्दिपुरमा नेपाली कांग्रेसबाट राजनीतिक रुपमा पिडित कर्ण खत्रीलाई नै अगाडि बढाउनुपर्ने मत बलियो छ भने पार्टीका हरेक कार्यक्रम होस् वा समाजसेवा लगायतका अरु कार्यमा तन, मन र धनले सहयोग गर्ने मानकाजी श्रेष्ठलाई यस पटक मौका नदिई नहुने नेपाली कांग्रेसका धेरै नेताहरुमा नैतिक संकट पनि परेको छ । त्यसो त जति लामो समयसम्म राजनीति गरेपनि जनताको सेवा गर्ने मौका नपाउनु भएका धुव्र बहादुर प्रधानको चित्त बुझाउनु पनि कांग्रेसका लागि सारै गाहे बन्दै गईरहेको छ । अर्कोतर्फ सुकुमलाल र रेशम दाजुभाईको साथ बिना पनि बन्दिपुरमा चुनाव जित्न गाहे पर्ने कुरा अघिल्लोपटक चेति सकिएको स्वयं कांग्रेसी नेताहरुले बेला बेलामा बताउने गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रलाई पनि बन्दिपुरमा अध्यक्षको उमेदवार चयन गर्न सकसै पर्ने देखिएको छ । बन्दिपुर गाँउपालिकाको अध्यक्षमा पुनः हाल बन्दिपुर गाँउपालिकाका अध्यक्ष पूर्णसिं थापाको आकांक्षा हुदाँहुदै पनि उहाँ सम्वद्ध पार्टीले बिशेष परिस्थितिभन्दा बाहेक पुराना जनप्रतिनिधिलाई नदोह्याउने नीति ल्याएको कारण थापा यो रेशबाट बाहिरिन सक्ने अत्याधिक सम्भावना रहेको छ भने उपाध्यक्ष करुणा गुरुगंको ईच्छा हुदाँहुदै पनि पदोन्नती गरेर अध्यक्ष बनाउने सम्भावना अत्यन्तै कमजोर हेको छ । क्षितिज लामिछाने पनि सबैलाई पन्छाएर आफु अध्यक्ष हुने दाँउ हेरिरहनुभएको छ भने वडा नं. १ का वडा अध्यक्ष भानुभक्त पोखरेल पोखरेल पनि आफ्नो पदोन्नति हुनुपर्ने कुरा अनौपचारिकरुपमा बताउदै आउनुभएको छ । जिवन कायस्थको अवस्था पनि अरुको आकांक्षीहरुको भन्दा अलिकति पनि भिन्न रहेको पाईदैन । पार्टीको लागि गर्नुपर्ने सबै गर्दा पनि जनताको सेवा गर्ने मौका अहिलेपनि नपाए कहिले पाउने ? कायस्थको प्रश्नले यसपटक माओवादीका नेताहरुलाई पक्कै लखेट्नेछ ।
दुवै पार्टीका एकसे एक आकाक्षी हुदाहुदै पनि केन्द्रबाट लादिएको गठबन्धनले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई नराम्री सकस पर्नेछ । माओवादी केन्द्र आफुले जितेको गाँउपालिकामा छोडेन चाहदैन भने अघिल्लो पटकको निर्वाचनमा अन्तर्घातको कारण हार बेहोरेको निष्कर्ष निकालेको नेपाली कांग्रेस यसपटक सम्हालिदै विजयी बन्न चाहेको छ । यता नेकपा एमाले स्थानिय सरकार र केन्द्र सरकारका गलत कार्यक्रम, स्थानिय निकायका पदाधिकारीहरुका मनपर्दी बजेट विनियोजन तथा खर्च , भौतिक संरचनाहरु निर्माण गर्न खोजेझै गरेर जनताको आँखामा छारो हाल्न खोजेको कारण जनताले स्थानिय सरकारले गरेको विकासको प्रतिफल प्राप्त गर्न नसक्नु , आफ्नो संगठन राम्रो हुनु र अन्य पार्टीका व्यक्तिहरु प्रवेश गर्नुले आफ्नो उमेदवार विजयी हुने ठहर निकालेको छ ।
केन्द्रको गठबन्धनको निर्णय शिरोपर गर्दै नेपाली कांग्रेसले आफ्ना तमाम नेता तथा कार्यकर्ताको भावनामाथि खेलवाड गरेपश्चात कांग्रेसका कार्यकर्ताले बन्दिपुरमा कांग्रेस माओवादी भाई भाई भन्दै माओवादीका उमेदवारलाई मतदान गरेभने बन्दिपुरमा गठबन्धनलाई रोक्न एमालेलाई गारो पर्ला नत्र बन्दिपुर गाँउपालिकाको निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने पक्का छ । अबको निर्वाचनमा बन्दिपुरका जनताले पार्टी होईन राम्रो, असल व्यक्ति हेर्ने र टिकट नपाउने असन्तुष्टहरुले दल बदली गर्ने र विजयी बनाउने सवालमा त्यो समुह नै निर्णायक हुने धेरैले अनुमान रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?