 
                                     
								तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पुर्ख्यौली थलो व्यास नगरपालिका वडा व्यास ८ मा वडा अध्यक्षको उमेदवार हुन चाहने आकांक्षीहरु १४ जना हुनुभएको छ । तनहूँको उत्तरी भेगको वडाको अध्यक्ष दावी गर्दै वर्तमान वडा अध्यक्ष ओजराज पौडेल सहित भवेश्वर गुरुङ, धन प्र. गुरुङ, राम प्रसाद मिश्र, रामकृष्ण पौडेल , अमर सोति , पारस बगाले, एक बहादुर गुरुङ , हरि प्रसाद शर्मा, चन्द्रमाया परियार, राजु गुरुङ , सुदिप पौडेल, प्रदिप आचार्य, र युवराज गुरुङ रहनुभएको छ । धेरै जनाले वडा अध्यक्षको उमेदवार हुने आकांक्षा राखेको कारण उमेदवार चयन गर्न नेतृत्वलाई गाहे पर्ने देखिएको छ भने पुलिमर्यागं र तल रिस्तितिरको बस्तिलाई पनि सन्तुलनमा राखेर जनप्रतिनिधिहरु चयन गर्नुपर्ने आवश्यकता खट्किएको छ ।
सबैजना एकसे एक त्यागी हुदा हुदै पनि वर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाई ओजराज पौडेल, युवराज गुरुङ, प्रदिप आचार्य , हरि प्रसाद शर्मा, चन्द्र माया परियार र राम प्रसाद मिश्र मध्येबाट १ जनाले टिकट ल्याउन सक्ने उक्त क्षेत्रका कांग्रेसीहरुको आंकलन रहेको छ । पुरानालाई होईन नयाँलाई जनताको सेवा गर्न दिनुपर्छ भन्ने आवाज सुशुप्त रुपमा उठाईरहेपनि बिकास निर्माणका काममा अविछिन्न खटेर जनतामाझ लोकप्रिय हुनुभएका वर्तमान अध्यक्ष ओजराज पौडेललाई हटाएर अर्को उमेदवारले वडा अध्यक्षको टिकट ल्याउनु फलामको च्युरा चपाउनु सरह हुने धेरैको भनाई रहेको छ भने नेकपा एमाले पनि कांग्रेसका वरिष्ठ नेता पौडेलको वडामा उमेदवार चयन पश्चात आफ्नो उमेदवार चयन गर्ने र निर्वाचनमा माथ ख्वाउने रणनिति गरेर बसेको छ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


