म्याँग्देको अध्यक्षको उमेदवार बन्नको लागि कांग्रेसमा नयाँ र पुरानाबिच रस्साकस्सी

  • ख-
  • ख+

तनहूँ । तनहूँको म्याँग्दे गाँउपालिकाको उमेदवार हुनका लागि पनि वर्तमान पदाधिकारीहरु र नयाँ आकांक्षीहरुबिच रस्साकस्सी परिरहेको छ । वर्तमान गाँउपालिकाकी अध्यक्ष माया रानाले अध्यक्षमा दोहोरिने चाहना राख्नुभएको छ भने उपाध्यक्ष बालकृष्ण घिमिरे पनि आफु पदोन्नतिको हकदार बताईरहनुभएको छ । त्यसो त जितप्रकाश राना, हुतमणी अधिकारी, रामभक्त घिमिरे, रामकृष्ण बि.क. र पवित्रा घिमिरेले पनि अध्यक्षमा आ आफ्नो दावी पेश गर्नुभएको छ । नयाँहरुले आफुहरुलाई पनि मौका दिनुपर्ने बताईरहदा वर्तमान अध्यक्ष माया रानाको भनाई अधुरा कामहरु पुरा गर्नु छ नि भन्ने भनाई रहेको छ भने उपाध्यक्ष बालकृष्ण घिमिरे माया राना लाई प्रदेश तथा माथिल्ला तहमा सेवा दिने मौका दिई पार्टीले आफु्लाई पनि न्याय गर्नुपर्ने बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?