 
                                     
								तनहूँ । आर्थिक अभावमा विगत १५ बर्षदेखि उपचार अभावमा ओछ्यान परेकी आफ्र्न छोरीलाई आर्थिक सहयोग गर्न बन्दिपुर गाउँपालिका वडा नं. १ बेलभन्ज्यांग, सुर्केटारकी लक्ष्मी कुवरले अपिल गर्नुभएको छ । उहाँकी छोरी शिलादेवी कुवर जन्मदा नै शारिरिक रुपमा दुर्वल जन्मिएको र उपचार खर्च गर्न नसक्ने आर्थिक हैसियत भएकोले झन् झन् रोगले गाँज्दै लगेको उहाँले बताउनुभएको छ । आर्थिक अवूथा कमजोर भएकोले छोरी झन् भन् गाो भइृरहदा पनि केहि गर्न नसकेको उहाँले बताउनुभएको छ । पहिला त शरिर अलि ठिक थियो अहिले उमेर बढ्दै गएपछि झनै बागिंदै गएकोछ , छोरी बोल्न नसक्ने भएपनि बल्लतल्ल रुदै मलाई हस्पिटल लगिदिनु न , मलाई निको बनाईदिनु न भन्छे मन चसक्क खान्छ , गरिब परियो सक्दो खर्च गरियो, जग्गा जनि बेचेर उपचार गरुँ केहि छैन, १ जनाको ६, ७ हजार कमाईले कसरी धान्ने, छोरो सानै छ , म एकजना उसलाई छोडेर कतै हिड्न पाउन्न । सरकारले दिने पैसाले के पुग्छ र ? उहाँ अगाडि भन्नुहुन्छ ।
नशा तथा हडेडी सम्बन्धि रोगको उपचार महंगो हुने, नजिकै उपचार नहुने र मुख्यकुरा पैसा नभएको कारण उपचार गर्न नसकिएको पनि कुवरको भनाई छ । डुम्रेबाट शिबकुमार श्रेष्ठ भन्ने सर आउनुभएको थियो मैले उहाँसग छोरीलाई अस्पताल लग्न लान मसग पैसा पनि छैन, अस्पतालहरु महगों छन् भनेर भनेपछि तपाईकी छोरीको लागि जाँच गर्न डक्टर घरमा नै ल्याउछु भन्नुभएको छ हेरौ डक्टर आएर के भन्नुहुन्छ कुवरले भन्नुभएको छ ।
निज १५ बर्षदेखि आर्थिक समस्याको कारण ओछ्यानमा परेकी सशलादेवीकुवरलाई आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले निजकी आमा लक्ष्मी कुवरको मोवाईल नम्बर ९८०६६५३३७५ मा सम्पर्क गर्न सक्नुुहने छ साथै स्वदेश तथा विदेशमा रहेका महानुभावहरुले शिलादेवी कुवरको मुक्तिनाथ बिकास बैक डुम्रे शाखाको खाता नम्बर ०१०२१४००१७२१९६०००००१ मा सहयो गर्न सक्नुहुनेछ ।





 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


