यसपटक त पार्टीले मेरो योगदानको मुल्यांकन गर्नेछ भन्नेमा विश्वस्त छु: अशोककुमार श्रेष्ठ, मेयर उमेदवारका आकांक्षी नेपाली कांग्रेस

  • ख-
  • ख+

नेपाली कांग्रेस तनहूँमा अशोककुमार श्रेष्ठलाई त्यागी र पार्टीको लागि दिनरात नभनिकन तन, मन र धनले पार्टीलाई सहयोग गर्ने नेताको रुपमा मान्दछन् भने लायन्स क्लब ३२५ बि १ कोे गर्भनर हुनुभएको उहाँ सामाजिक घुलमिल र सामाजिक कार्यहरुको त बयान गर्नु नै पर्दैन । उहाँलाई नजिकबाट चिन्नेहरु श्रेष्ठलाई निकै भिजन भएको मान्छेको रुपमा चित्रण गर्ने गर्दछन् तर तिनै अशोक कुमार श्रेष्ठ पार्टीको चुनावमा विभिन्न पदमा विजयी भएपनि जनताको सेवा गर्ने पदमा पुग्न पाउनुपर्नेमा कहिल्यै मौका नपाउँदा मानिसहरु अचम्म मानिरहन्छन् । स्थानिय तहको निर्वाचनको मिति घोषणा भईरहदा अशोककुमार श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट व्यास नगरपालिकामा मेयरको आकांक्षी बन्नुभएको छ र मानिसहरु यसपटक अशोकलाई पार्टीले न्याय गर्नुपर्छ भनिरहेका छन् र व्यासको मेयरको उमेदवार निर्विकल्प अशोककुमार श्रेष्ठ नै हुनुपर्छ भनेर भनेको आवाज सुनिने गरेका छन् तिनै अशोककुमार श्रेष्ठसग स्थानिय निकायको निर्वाचनको सेरोफेरो बारेमा गरिएको कुराकानी सर्वज्योतिमाः
प्रश्नः तपाईलाई मैले व्यासको मेयर पदमा तपाई किन आकांक्षीभन्दा अन्याय होला तैपनि तपाईकै मुखबाट सुन्न चाँहे तपाई व्यासको मेयरको आकांक्षी किन ?
उत्तरः म धेरै अगाडिदेखि राजनीतिमा लागेको व्यक्ति हुँ , देश विदेश घुमे , लामो समयदेखि राजनीति सगै समाजसेवा पनि गरिरहेको छु । आफ्नो अनुभवले, त्यागले बलिदानले गर्दा व्यासलाई राम्रो बनाउनको लागि, सबैले आहा व्यास नगरपालिका भन्ने बनाउनको लागि केहि योगदान गर्न सक्छु, पार्टीले पनि त मभित्रको ट्यालेन्ट र भिजन प्रयोग गर्नुपर्छ भनेर व्यासको मेयर पदको उमेदवार बन्न खोजेको हुँ ।
प्रश्नः यहाँ त लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि लाग्नुभएको छ तपाईको ईतिहास र पार्टीभित्र गरेको योगदानको बारेमा केहि बताईदिनुस् न ।
उत्तरः २०३३ सालमा नेबिसंघको सदस्यता लिएपछि पंचायतकालमा मेरो राजनीतिको शुरुवात भएको हो त्यसपछि ३५ सालमा नेविसंघको जिल्ला अध्यक्ष भएको हुँ , उक्त बेला विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन थुपै कार्यक्रमहरु गरेको छु । ४० सालपछि पुल्चोक क्याम्पसमा पढ्न गएपछि नेविसंघका विभिन्न पदहरुमा बसे र केहि बर्ष सरकारी जागिर खाँदा पनि म नेपाली कांग्रेससग सम्बद्ध विभिन्न कमिटिमा रहेर काम गरे । तत्पश्चात आफु सरकारी जागिरभन्दा व्यापार व्यवसाय, राजनीति र समाजसेवालाई अगाडि बढाउछु भन्ने सोचेर तनहूँ उद्योग वाणिज्य संघको अध्यक्ष हुनुका साथै थुप्रै संस्थाहरुमा बसेर सेवा गरेको छु । २०४९ सालमा नेपाली कांग्रेस व्यास नगरको बैकुण्ठनाथ न्यौपाने सभापति हुदाँ म र सचिव भएर काम गरेको छु । नेपाली कांग्रेसका १२ औ १३ औं र हालको १४ औं महाधिवेशनबाट पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएको छु, तनहूँ नेपाली कांग्रेसको प्रवक्ताको पनि जिम्मेवारी निर्वाह गरिसकेको छु । अहिलेसम्म नेपाली कांग्रेसको ईमान्दार कार्यकर्ता भएर पार्टीको विभिन्न पदहरुमा बसेर काम गरेको छु । आफ्नो अनुभव , भिजन र क्षमताले गर्दा सार्वजनिक पदमा बसेर काम गर्न पाए यो व्यास नगरलाई राम्रो बनाउथे मनमा चाहना छ ।
प्रश्नः मानिसहरु अशोककुमार श्रेष्ठ एउटा क्षमतावान्, भिजन भएको मान्छे, पार्टीमा त्याग गरेको मान्छे तैपनि सार्वजनिक पदहरुमा अशोककुमार श्रेष्ठलाई अगाडि बढाईन्न भन्छन् किन होला ?
प्रश्नः यो त चाँहि गज्जवको कुरा छ । म पार्टीका विभिन्न पदहरुमा बसेको छु र एकदम सन्तुष्ट छु । मलाई लाभको पदमा बस्न पाईन भन्ने लोभ पनि छैन । म ति पदहरुलाई सार्वजनिक सेवाको पदहरु भन्छु । ति पदहरुमा निर्वाचित हुन पाए देश र जनताको सेवा गर्नसक्थे भन्ने आश त छ । नेपाली कांग्रेसका साथीहरु मात्र होईन अरु पार्टीका साथीहरु स्वतन्त्र साथीभाईहरुले पनि अशोक जत्तिको मान्छेले मौका पाउनुपर्छ भन्छन् भन्ने सुनेको छु । अघिल्लो पटक पनि दावि गरेको हुँ पाउन सकिन यसपटक त मलाई पार्टीले न्याय गर्छ भन्नेमा म ढुक्क छु ।
प्रश्नः नेपाली राजनीतिमा त्यागी भिजन भएको पार्टीमा योगदान गरेको मान्छे पछाडि पार्ने संस्कार झन् बढेको समयमा अशोककुमार श्रेष्ठलाई टिकट देलान् ?
उत्तरः म नेपाली कांग्रेसको ईमान्दार कार्यकर्ता हुँ, मलाई छलछाम, अनेक तिकडम गर्न आउदैन म समाजसेवाबाट आफुलाई अगाडि बढाएर एउटा नाम बनाएको मान्छे हुँ । लायन्स क्लबको नेतृत्वमा पुगेपश्चात देशमा ठुला ठुला सामाजिक कामहरु गरेको छु । लायन्सको नेतृत्वमा पुगेपछि नेतृत्वमा हुनुपर्ने गुण र कलाहरुको बारेमा अझ सिक्ने र खारिने मौका पाएको छु । ममो पदप्रति आशक्ति र पर्द न भन्ने गुनासो छैन तैपनि मेरो लगाव, मेरो उद्धेश्य, मेरो काम गर्न सक्छु विश्वासलाई बुझेर नेतृत्वले मलाई नै व्यासको मेयरको उमेदवार बनाउछ भन्ने बलियो विश्वास छ ममा ।
प्रश्नः तपाईले त समाजसेवा गर्ने क्रममा होस् वा पार्टीको कार्यक्रममा व्यास नगरपालिकाका टोल टोल, गल्ली गल्ली घुम्नुभएको छ व्यास नगरपालिकालाई कस्तो बनाउनु पर्छ र कस्तो बनाउन सकिन्छ ?
उत्तरः व्यास नगरपालिकाको ३, ४ वटा वडा बजार एरिया छ अरु ग्रामिण एरिया छ त्यसैले २ किसिमका योजनाहरु लिएर अगाडि बढ्नुपर्नेछ । बजारलाई कसरी अधिकतम राम्रो, सुन्दर कसरी बनाउन सकिन्छ त्यतातर्फ ध्यान दिनुपर्दछ भने ग्रामिण एरियालाई कसरी बिकसित गर्न सकिन्छ , त्यहाँका जनताका आवश्यकताहरु के छन् विज्ञहरुसग बसेर त्यसक्षेत्रका जनप्रतिनिधिहरुसग बुझेर कार्यक्रम लागु गरियो भने व्यास नगरपालिकालाई बनाउन गाहे भने छैन ।
प्रश्नः अन्तमा केन्द्रबाट गठबन्धन गर्नुपर्यो भनिरहनुभएको छ तैपनि व्यास नगरपालिकामा गठबन्धन गर्नुपर्ने कस्तो छ आवश्यकता ?
उत्तरः साच्चै भन्नुपर्दा व्यास नगरपालिकामा नेपाली कांग्रेसले कसैसग गठबन्धन गर्नुपर्छ भन्ने त मलाई व्यक्तिगतरुपमा लाग्दैन । व्यासमा हामी त्यसैपनि बलियो छौ । स्थानियस्तरमा बुझ्दा पनि हामीलाई साथीहरुले त्यहि भनिरहनुभएको छ .तर पाटीेको केन्द्रबाट तोकेर यो यो गर्नु भन्ने निर्णय आयो भने हामी पार्टीको सच्चा सिपाही भएको कारणले त्यसलाई मान्न बाध्य हुनेछौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्