 
                                     
								तनहूँ । तनहूँको दमौली बजार निकै व्यवस्थित शहरको परिचित भएपनि यो शहरको फोहोरको कथा कहाली लाग्दो छ । सानो शहर भएपनि यहाँको फोहोर मैला व्यवस्थापन हुन सकेको छैन । न त यस नगरपालिकाको फाृहाृर मैला व्यवस्थापनको लागि प्रथम नगरप्रमुख सफल हुनुभयो भने नत दोश्रो नगरप्रमुख । लोकतन्त्र प्राप्ति पश्चात आउनुभएका नगरप्रमुखले पनि दमौली बजारको फोहोर व्यवस्थापनको लागि कुनै प्रगति गर्न सक्नुभएको छैन । दमौली बजारका सयौ रोपनी सार्वजनिक जग्गाहरु व्यक्तिका नाममा भईसक्दा पनि फोहोर मैलाको लागि डम्पिगं साईट बनाउन सकिएको छैन । कर्मचारीतन्त्रको हेपाहा र पेलाहा प्रवृत्ति जनप्रतिनिधिहरुको अदुरदर्शी र कार्यकर्तामुखी बजेट वितरण कार्यले गर्दा दमौली बजारका चोक चोकमा फोहोर मैलाका थुप्रोहरु देखिन्छन् । अस्पताल लगायतका ठाउँहरुमा हप्तादिनसमम फोहोर नउठाउदा छाडा पशुपंक्षीहरुले फोहोर छरेको पनि देख्न पाईन्छ । स्मरण रहोस् प्रायजसो तस्विरमा जस्तै देखिने दमौली बजार व्यास नगरपालिकाको वडा नं. २, ३ र ४ माहप्ता दिनमा फोहोर उठाउने गरिन्छ सडक छेछाउ सफा गरेको देख्न दशै तिहार नै कुर्नुपर्छ तर केहि महिना अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली दमौली बजारमा आउने दिनमा बजारक्षेत्र सरसफाई गरेर चिरिच्याँट्ट बनाईएको थियो ।
दमौली बजार उक्त तस्विर खिच्न लाग्दा एकजना सर्वसाधारणले भन्नुभएको थियो ”बाबु सिंहरदरवारको अधिकार गाउँ गाउँमा आयो भन्छन् पहिलादेखि राजा भएर बसेका नगरपालिकाका कर्मचारी र ५ बर्ष कार्यकाल पुरा गरेर बिदा हुन लागेका जनप्रतिनिधिलाई सोध्नु नि दमौली बजारको फोहोर मैलाको थुप्रो मानहूँकोटको भ्युटावरबाट देखिन्छ कि नाई ?” मैले जवाफ फर्काए ”सर मानहूँकोटको भ्युटावरबाट दमौलीको यो देखिन्छ देखिदैन थाहा छैन तर यो फोहोर थुप्रोबाट मानहूँकोटको भ्युटावर मज्जाले देखिईरहेको छ ।”









 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


