विपिको नीति ठिक कि देउवा र पौडेलपथ ठिक ?

  • ख-
  • ख+

सानो जिउडाल, फुलेका जुगाँ अनि कपाल, सफा चट् बनेर हिड्ने बानी अनि मिठो मुस्कानका धनि यसो वायोडाटा सम्झदा प्राध्यापक डक्टर, त्रि.वि.का पूर्व डिन कृष्णप्रसाद गौतम जुनसुकै पार्टीकै भएपनि, जुनसुकै गुटका भएपनि चाट्न मन नलागेपनि यत्तिको मान्छे मन नपर्ने कारण खासै भेटिदैन तर के गर्नु नेपाली राजनीतिमा अझ ठ्याक्कै भन्नुपर्दा तनहूँको राजनीतिमा यत्तिको मान्छेको कामै नभएको हो कि ? कामै नलाग्ने बनाईन्छ कि स्थानिय निर्वाचनमा उमेदवार चयनको रस्साकस्सी देखिईरहदा त्यस्तै परिदृश्य देखिने धेरैले कल्पना गरेका छन् ।
तिनै गौतम जो धेरैलाई राजनीतिक बिषयमा धेरैलाई ट्युशन दिने हैसियतको हुनुहुन्छ यतिवेला तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उमेदवारको आकांक्षी हुनुभएको छ । उहाँ खुईय सुस्केरा छोड्दै अनसन चौतारीमा रुखमा छहारीमा आडेस लाग्दै भन्नुहुन्छ ” खै के गरुँ ? न त संसार किन्न सक्ने सम्पत्ति छ न मनि र मसल भएको समुह छ । आफ्नु जे छ यहि छ ” उहाँ टाउकातिर हात लग्दै दिमागतिर ईशारा गर्दै देखाउनुहुन्छ । म नहिच्किचाईकन सजिलै भन्छु ” सर अरु मेयरका आकांक्षीहरु पनि एकसेएक हुनुहुन्छ तै पनि तपाईमात्र होईन तपाई जस्ता व्यक्तिले नेपाली कांग्रेसबाट टिकट पाउनुभयो भने म सोच्नेछु नेपाली कांग्रेस सुध्रिन लागेछ अब कम्युनिष्ट लगायतका अरु दलले पनि यो कुरा सिक्नुस् ।”

तनहूँबाट वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले, स्थानिय तह बिज्ञ डाक्टर शेषरमण न्यौपानेले महाधिवेशन प्रतिनिधि बन्न जुत्ता खियाउदा खियाउदैे शुन्य हातमा लागेको धेरै भएको छैन , शायद तनहूकै पुराना कांग्रेसी मध्येका एक पुलिमर्यागंका भवेश्वर गुरुगं ”बाबु खोई अब मर्नेबेलाम म सच्चा कांग्रेस भनुँ कि … गुटको कांग्रेस भनुँ ? ” भन्दै जिल्ला अधिवेशनतिर फुलेको कपाल स्याहार्दै हिड्दा हिड्दै पराजित भएको दृश्य सच्चा कांग्रेसी हौ भन्नेहरुका लागि ज्यादै सर्मनाक हुनुपर्ने होे । हुन त नेपाली कांग्रेस यस्तो पार्टी हो यो पार्टीको कार्यकर्ता मन नेपाली राजनीतिका लौह पुरुष नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहलाई रोएर पार्टी छोड्न वाध्य पार्दा पनि केहि बोलेन । सन्तनेता कृष्णप्रसाद भट्टराईमाथि अपमान, अन्तर्घातको श्रृखला चल्दा पनि कांग्रेस बचाउनुपर्छ है भनेर कोहि लागेन । नरहरि आचार्य, हरिवोल भट्टराई मनमोहन भट्टराई , पिएल् सिंह, शंकर पाण्डेहरु कांग्रेसमा सिद्धान्त र नैतिकताको कुरा, गरिबको भलोको कुरा गर्ने किसानको कुरा गर्नेपार्टी पद्धतिको कुरा भएकोले घाँडो भईसकेका थिए । आज विपिको कांग्रेस कांग्रेस जस्तो देखिदैन कसैको लागि प्रधानमन्त्री बनाउनको लागि जम्मा भएको भिड जस्तो देखिन्छ । आज कांग्रेसमा त्याग , तपस्या गरेका सिद्धान्त रटेर खारिएका भन्दापनि सरकारी तलब कुम्ल्याएका, भोलि जो जनप्रतिनिधि आउछ त्यतै साखुल्ले हुने, अवसरको लागि पार्टी बदल्न मोवाईलको सिम बदल्नुभन्दा पनि चाँडो बदल्ने, वडा सदस्यदेखि उस्तै परे केन्द्रिय सांसदको लागि म नै हुँ योग्य भन्ने चाटुककारहरुको बाहुल्यता छ । आज कांग्रेसको सिद्धान्त कसैलाई राष्ट्रपति बनाएपछि मात्र जोगिन्छ , आज कांग्रेस हामी प्रतिपक्षमा बस्नै हुदैन सत्तामा बसेपछि मात्र लोकतन्त्र बलियो हुन्छ भन्ने ध्याउन्नमा छ । आजको कांग्रेसलाई भित्तामा विपि, सुवर्ण समसेर, गणेशमान, किशुनजीको फोटो झुण्ड्याएर तिनको सिद्धान्तलाई भुलेर अगाडि बढ्न गर्व गर्छ । आजको कांग्रेस जनताको लागि होईन सत्ताको लागि जे पनि गर्ने प्राईभेट नै त नभनुँ सामुहिक रुपमा चलेको कम्पनि जस्तो भएको छ जहाँ मनि र मसल हुनेहरुको वोलवाला बढ्दैछ । आज कांग्रेसमा भिजनवाला, नैतिकवान्, त्यागी , पार्टी र देशप्रति सर्मपितलाई हेरिदैन कोसग कति छ द्रव्य भनेर हेरिने गरिएको छ । चुनाव जित्नको लागि सबैकुरा जायज होला तर आज चाकडि चाप्लुसीमा रमाउने, देशभन्दा कुर्सिलाई महत्व दिने, म भए सबैकुरा ठिक नत्र कांग्रेस डुब्छ भन्ने धेरै श्रद्धेय कांग्रेसीहरुलाई विपि कोईरालाको कुरा झल्झली याद आउनुपर्ने हो ”लोकतान्त्रिक शक्तिले ठिक हिसाब र सोचविचार गर्न सकेन देशको भविष्य अन्यौल हुन्छ ।”
कांग्रेस हूँ भन्दै पार्टीको भविष्यसगै देशको भविष्य पनि अन्यौल पार्ने मै मात्र हुँ असली कांग्रेस भन्नेहरुले बेस्सरी सोच्नुपर्ने बेला आएको छ को ठिक विपि कोईराला, गणेशमान सिंह, किशुनजीको नीति ठिक कि ? सत्तामा बसिरहनको लागि कुर्सिमा पुग्नको लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेलपथ ठिक ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?