टिकट वितरणमा असन्तुष्टि जनाउदै तनहूँ कांग्रेसका प्रभावशाली नेताहरुद्धारा राजिनामा

  • ख-
  • ख+

तनहूँ । टिकट वितरणमा असन्तुष्टि जनाउदै तनहूँ कांग्रेसका प्रभावशाली नेताहरु विश्व वास्तोला, महेश्वर भट्टराई, चूडामणि दाहाल, दीपेन्द्र पौडेल, ई. दीर्घ थापा, ऋषिराम महत, बाबुराम बगाले लगायतद्धारा राजिनामा दिनुभएको छ । पार्टीको टिकट वितरणमा धाँधली गरेको पार्टीमा पुर्याएको योगदानको वेवस्ता गरेको भन्दै उहाँहरुले पार्टी सभापति जितप्रकाश आलेलाई पार्टीको साधारण सदस्यता नरहने गरि राजिनामा बुझाउनुभएको हो ।
राजीनामा दिनेहरूमा विश्व बास्तोला तनहूँ कांग्रेसको पूर्व जिल्ला सचिव एवं हालको संगठन विभाग प्रमुख, महेश्वर भट्टराई कांग्रेस पूर्वा क्षेत्रीय सभापति चूडामणि दाहाल, दीपेन्द्र पौडेल, ई. दीर्घ थापा, ऋषिराम महत, बाबुराम बगाले पार्टीका विभिन्न समितिमा रहेका व्यक्तिहरु हुनुहुनछ ।

उहाँ मध्ये महेश्वर भट्टराईले शुक्लागन्डकी नगरपालिकाको मेयर पदमा , दाहालले व्यास १ को वडा अध्यक्ष पदमा, थापाले व्यास २ को वडा अध्यक्ष पदमा, पौडेलले शुक्लागण्डकी नगरपालिकाको वडा नं. ३ को अध्यक्ष र शुक्लागण्डकी नगरपालिकाको वडा नं. वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?