लोकप्रिय युवा नेता मदन तिमल्सेना व्यास १० को वडा अध्यक्षको उमेदवार

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १० को अध्यक्ष पदमा चर्चित युवा नेता मदन तिमल्सेना उमेदवार बन्नुभएको छ । तिमल्सेनाले नेकपा एमालेका तर्फबाट व्यास १० मा उमेदवारी दर्ता गर्नुभएको हो । स्थानिय सरकार भएपनि निवर्तमान जनप्रतिनिधिको भौतिक संरचना निर्माणमा जोड भएकोले वडावासीको लागि आवश्यक शिक्षा , स्वास्थ्य , रोजगारमा बिशेष कार्यक्रमहरु लागु गर्न नसकेकोले आफुले मत पाउने विश्वास लिएको बताउनुभएको छ ।
विकास निर्माणमा वडालाई अव्वल बनाउने योजना, रोजगारमुलक तालिम प्रदान र वडावासीलाई आत्मनिर्भर बनाउने दिशामा विभिन्न कार्ययोजना ल्याउन आफु अगाडि बढेको र आफ्ना योजना र प्रतिवद्धता हेरेर हाम्रो होईन राम्रो उमेदवारलाई मत दिन आग्रह गरेको मदन तिमल्सेनाको भनाई रहेको छ । आफु कुनै पार्टी बिशेषको नभईकन सबैको उमेदवार बनेको उहाँको भनाई छ ।
४४८३ मतदाता संख्या मतदाता रहेको व्यास १० मा नेपाली कांग्रेसको तर्फबाट खेमराज पोखरेल, नेकपा माओवादी केन्द्रको तर्फबाट बसन दरै, नेकपा एकिकृत समाजवादीको तर्फबाट हिरु परियार, स्वतन्त्र उमेदवार सागर घिमिरे र नेपाली कांग्रेसका युवा नेता रवि मिश्रले पनि स्वतन्त्र उमेदवारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?