पार्टीको आधिकारिक उमेदवार बिरुद्ध उमेदवारी दिनेलाई कारवाही गरिने नेपाली कांग्रेसको घोषणा

  • ख-
  • ख+

(तस्विरः सांकेतिक)

काठमाण्डौ । स्थानिय निर्वाचनमा पार्टीको आधिकारिक उमेदवार बिरुद्ध बागी उमेदवारी दिने उमेदवारहरुलाई उमेदवारी फिर्ता लिन आग्रह गर्दै नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपाबाट एक विज्ञप्ति जारि गएिको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारि विज्ञप्तिमा पार्टीका आधिकारिक उमेदवार बिरुद्ध पाटीृका कुनै पनि सदस्यले विद्रोही उमेदवारी दर्ता गरे गराएको भए निर्वाचन आयोगले तोकको मिति र समयभित्र फिर्तौ लिन आग्रह गरिएको छ भनिएको छ । विज्ञप्तिमा तोकिएको मिति र समयभित्र आफ्नो उमेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोहीउमेदवार, निजका प्रस्तावक र सर्मथकको पार्टी विधान २०१७( संसोधित विधान) धारा ४ (१३) ग बमोजिम समाप्त भई पार्टीबाट स्वत निष्काशन हुने व्यहोरा अवगत गराईन्छ भनिएको छ ।
स्थानिय नकायको निर्वाचनमा पार्टीले गठबन्धन नीति लिएकोमा असन्तुष्टि जनाउदै देशभरबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले स्वतन्त्र उमेदवारी दिनुभएको छ । तनहूँ जिल्लामा पनि थुप्रै व्यक्तिहरुले स्वतन्त्र उमेदवारी दिनुका साथै पार्टी परित्याग गरिसक्नुभएको छ ।
पार्टीले कारवाही गर्न लागेको बिषयमा वागी उमेदवारी दिने उामेदवारहरुसग प्रतिक्रिया लिदा नेतृत्वमा बस्नेले जे गरेपनि पाउने , निष्ठावान् , त्यागी कार्यकर्तालाइृ पाखा लगाउन पाउने हामीले बिद्रोह गर्न नपाउने नेपाली कांग्रेसका कार्यकर्ता दास होईनन् भनेर नेतृत्व पंक्तिले बुझ्न जरुरी रहेको छ भन्नुभएको छ । त्यसैगरि नेपाली कांग्रेस तनहूँले पनि केन्द्रबाट जारि विज्ञप्तिभन्दा केहि नरम विज्ञप्ति जारि गरि उमेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?