चुनाव प्रचार प्रसार गरे शिक्षक तथा कर्मचारीको जागिर चट् !

  • ख-
  • ख+

तनहूँ । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँड चितवनको भरतपुर नगरपालिकाका मेयरका स्वतन्त्र उमेदवारलाई फकाउन चितवन पुगेपछि निर्वाचन आयोगले नोटिस गरेको जनाएको छ । स्थानिय निकायको निर्वाचनको घोषणासगै तनहूँ जिल्लामा पनि सरकारी सेवा सुविधा लिने कार्यालय समयमा समेत पार्टीको प्रचार गर्नेहरु तिब्र रुपमा बढेका छन् । शिक्षक, कर्मचारी, विभिन्न सरकारी पदमा वहालवाला पदाधिकारीहरु पार्टीको आधिकारिक उमेदवार बन्न मरिहत्ते गरेपनि एकाध बाहेक कमैले टिकट प्राप्त नसकेपछि तिनै सरकारी सेवा सुविधा लिने शिक्षक , कर्मचारी भएर पार्टीको प्रचार प्रसारमा लाग्ने क्रम बढेको छ । कति सम्म भने उमेदवारी मनोनयनको दिनमा निर्वाचन आयोगको प्रागढमा हाम्रो मान्छेलाई उमेदवार नबनाएको भन्दै उफ्रिनेहरु केहि त सरकारी सेवा सुविधा लिनेहरु रहेको कुरा कहि कतै छिपेको छैन ।

उमेदवारी दर्ता भएर अन्तिम नामावली प्रकाशन नै नभईकन सरकारी सेवासुविधा खाने व्यक्तिहरुले सामाजिक संजाल पार्टीको चुनाव प्रचार प्रसार गर्ने, गाउँ, टोल, शहर बजारमा आफ्नो पार्टीलाई भोट माग्ने लगायतका कार्यहरु गरेको पाईएको छ । यसै बारेमा निर्वाचन कार्यालय तनहूँका जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालसग जिज्ञासा राख्दा सरकारी सेवा सुविधा लिएको व्यक्ति पार्टीको कुनै पनि पदमा बस्न नपाउने र पार्टीको प्रचार प्रसार गर्न नपाउने निर्वाचन आचार संहितामा जनाईएकोले त्यस्तो सुविधा लिएको शिक्षक, कर्मचारी , कुनै संथाको पदाधिकारीले त्यस्तो गरेको पाईएमा वा प्रमाण सहित कसैले उजुरी दिएमा निलम्बन वा बर्खास्त हुन सक्ने बताउनुभएको छ ।
बार्षिक परिक्षाको समाप्ति भएको र सामुदायिक विद्यालयहरु बन्द रहेको अवस्थामा बिशेष गरि शिक्षकहरु राजनीतिक पार्टीको चुनाव प्रचार प्रसारमा देखिनसक्ने भएकोले राजनीति गर्न मन लागे राजिनामा गरेर आउन र सबै सचेत भएर यहि सरकारी सेवा सुविधा लिने कसैले कुनै पनि राजनीतिक पार्टीको सामाजिक संजाल वा अन्य कुनै स्थानमा चुनाव प्रसार प्रसार गरेको पाईएमा प्रमाण सहित उजुरी दिन निर्वाचन कार्यालय तनहूँका जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?