व्यास नगरपालिकामा शिक्षक तथा कर्मचारी नेपाली कांग्रेसको चुनाव प्रचारमा व्यस्त

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ११ मा विभिन्न विद्यालयका शिक्षक तथा नगरपालिकाका कर्मचारी चुनाव प्रचार प्रसारमा व्यस्त हुनुभएको छ । नेपाली कांग्रेस व्यास ११ को चुनावप्रसार कार्यक्रममा बाराही मा.वि. का शिक्षक विरबहादुर गुरुगं, चण्डिका आधारभुत विद्यालयका प्र. अ. सुरेन्द्र अधिकारी, भानु मा.वि. दुम्सिचौरका शिक्षक कृष्ण तिवारी, नगरपालिका कर्मचारी सन्तोष गोदार लगायतका शिक्षक तथा कर्मचारीहरुको उपस्थिति देखिएको छ ।
निर्वाचन आयोगले शिक्षक, कर्मचारी तथा सरकारी सेवा सुविधा लिने व्यक्तिले कुनै पनि पार्टीको चुनाव प्रचार प्रसार तथा राजनीतिक गतिविधिमा संलग्न हुन नपाईने नियमलाई लत्याउदै निजहरु चुनावी गतिविधिमा सक्रिय भएको तस्विर सामाजिक संजालमा आएको छ ।
यसै बिषयमा जिल्ला निर्वाचन आयोग तनहूँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालसग सम्पर्क गर्दा चुनाव प्रसार प्रसारमा हिड्न मन लाग्नेले राजिनामा दिएर लाग्नुपर्ने, चुनाव प्रचार प्रसार वा कुनै राजनीतिक गतिविधमा संलग्न भएको प्रमाण सहित उजुरी दिए कारवाहीको लागि सिफारिस गरिने बताउनुभएको छ । आयोगले कारवाहीको लागि सिफारिस गरेको बढुवा रोक्का हुन सक्ने र जागिरै पनि जानसक्ने ढकालको भनाई छ । (तस्विर तथा समाचारः विवेक भट्टराईको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?