 
                                     
								तनहूँ । स्थानिय निर्वाचनको प्रसार प्रसारको क्रममा तनहूँ जिल्लामा निर्वाचन आचार संहिता उल्लंघनका घटनाहरुमा बृद्धि भएका छन् । विशेष गरि शिक्षक तथा कर्मचारीहरु विभिन्न पार्टीको झण्डा बोकेर चुनाव प्रचार प्रसारमा निस्कने, मन्चबाट भाषण गर्ने प्रवृत्ति बढिरहेको बेला शुक्लागण्डकी नगरपालिकाका मेयर पदमा उमेदवार कृष्णराज पण्डितको चुनाव प्रचार प्रसारको क्रममा निर्वाचन आचार संहिता विपरित स्टिकरहरु प्रयोग गरेको पाईएको छ । उहाँको चुनाव प्रसार गर्न आफुले प्रयोग गर्ने निजी कारमा , अन्य निजी कारमा, सार्वजनिक स्थानहरुमा, पानी पुरी चटपट बेच्ने ठेलागाडामा स्टिकर टाँसेको भेटिएको छ । त्यसबारेमा उहाँसग सम्पर्क गर्दा आफुलाई गाडि तथा सार्वजनिक स्थानहरुमा स्टिकर टाँस्न नहुने आफुलाई थाहा नभएको बताउदै स्थानिय नेता तथा कार्यकर्ताहरुसग कुरा गर्ने बताउनुभएको छ ।
थाहा नभईकन भन्दा पनि थाहा पाईकन कस्ले के गर्न सक्छ र भन्ने प्रवृत्तिले गर्दा गर्दा देशभर आचारसंहिता उल्लंघनका घटनाहरु बृद्धि भईरहेको र सबैले त्यसतर्फ सचेत हुनुपर्ने जिल्ला निर्वाचन आयोग तनहूँको भनाई रहेको छ ।






 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


