घरदैलो अभियानमा व्यास १० मा मतदाताले युवा उमेदवार खोजेको नेकपा एमालेका उमेदवारहरुको भनाई

  • ख-
  • ख+

तनहूँ । नेकपा एमाले व्यास १० द्धारा प्रचार प्रसार तिब्र पारेको छ । आईतवार दरै समाज भवन जोगिटारबाट शूरु भएको घरदैलो कार्यक्रम आज बोटेगाउँ, दुम्सिबजार क्षेत्रमा गरिएको थियो । ”घरदैलो कार्यक्रममा नेकपा एमालेका युवा उमेदवारहरु र उनीहरुको विगतमा गरेका कामहरु देखेर जनताहरु एकदमै उत्साहित भएको ” नेकपा एमाले गण्डकी प्रदेशका सदस्य मायानाथ कोईराला बताउनुभएको थियो ।
”यसरी घरदैलो गर्दा आम मतदाताहरुले अरु पार्टीलाई धेरै पटक हेरियो व्यास १० मा अब चिने जानेको जनताको बिचमा बस्ने र जनताको कुरा सुन्ने उमेदवारलाई विजयी बनाउनुपर्ने मतदाताहरुले बताएको ” नेकपा एमालेका नेता तिलबहादुर थापाले बताउनुभएको थियो ।

नेकपा एमालेका स्थानिय नेताहरु कार्यकर्ताहरुको सहभागिता गरिएको घरदैलो कार्यक्रममा ”नेकपा एमाले, बुढाबुढीलाई भत्ता दिने पार्टी, नेकपा एमाले, सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्न आयोग बनाउने पार्टी एमाले, गरिब, दुःखी, दलित जनजातीको भलो चाहने पार्टी एमाले , धनि गरिब नभनिकन सबैलाई बिकास निर्माणमा सहभागी गराउने पार्टी भएकोले जनतामा भिजेका युवा, बृद्ध सबैले चिनेका नेकपा एमालेका युवा उमेदवारहरु विजयी हुने बिश्वास लिएको” खुल्ला सदस्य पदका उमेदवार गणेश बि.क.को भनाई रहेको थियो ।
जनताले युवा उमेदवार खोजेको, नेताहरुको आर्शिवाद लिएर होईन जनताहरु बिच बसेर काम गर्ने मान्छेलाई मत दिन मतदाताहरु अति नै लालायित भएको आफुले पाएको नेकपा एमालेको तर्फबाट व्यास १० को अध्यक्ष पदका उमेदवार मदन तिमल्सेनाले बताउनुभएको छ ।
नेकपा एमालेले व्यास १० मा अध्यक्ष मदन तिमल्सेना, खुल्ला सदस्यहरु गणेश बि.क. र भिमबहादुर दरै, महिला सदस्यमा सिता बोटे, र दलित महिला सदस्यमा सविना बि.क. लाई उमेदवार बनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?