घरदैलो गर्दै, नाच्दै र सामाजिक संजालमा चुनाव प्रचार गर्दै व्यास नगरपालिकाका कर्मचारी एवं शिक्षकहरु

  • ख-
  • ख+

तनहूँ । निर्वाचनको आचार संहिता विपरित व्यास नगरपालिकाका शिक्षक तथा कर्मचारीहरु चुनाव प्रचार प्रसारमा हिड्नुभएको छ । निर्वाचन आयोगले सरकारी कोषबाट सेवा सुविधा लिने कर्मचारी, शिक्षक, सरकारी संस्थाका पदाधिकारीहरु, एनजिओकर्मी लगायतका व्यक्तिहरु चुनाव प्रचार प्रसारमा संलग्न हुन नपाईने, कुनै पार्टीको झण्डा बोकेर हिड्न नपाईने त्यसो गरेको खण्डमा कारवाही हुने वित्रप्ति जारि गरेपनि व्यास नगरपालिकाक्षेत्रका विद्यालयका अधिकांश केहि शिक्षक, तथा कर्मचारी, व्यास नगरपालिकाको विभिन्न समितिमा बसेर तलब भत्ता खाईरहेका व्यक्तिहरु पार्टीको झण्डा बोक्दै घरदैलो कार्यक्रममा जाने, आफ्नो वडामा पार्टीको कार्यक्रम हुदा अफिस नगईकन उक्त कार्यक्रममा सहभागी हुने, बिशेषत शिक्षकहरु बिद्यार्थी भर्ना अभियान भन्दै कुनै पार्टीको चुनाव चिन्हमा स्वस्तिक छाप लगाएको मतपत्र बोक्दै यसरी भोट हाल्नुपर्छ भन्दै घरदैलो गर्ने, पार्टीका आमसभा तथा घरदैलो कार्यक्रममा पार्टीको गीत गाउदै बजाउदै नाच्ने, ”हाम्रो चुनाव चिन्ह ………मा मत दिनुस् अनि …….. लाई जिताएपछि म तपाईको छोरा छोरीलाई नगरपालिकामा जागिर लगाईदिन्छु” भन्दै हिडेको भेटिएको छ भने कति स्थानहरुमा त सेतो नम्बर प्लेटको मोटरसाईकल लिएर चुनाव प्रचार प्रसार गर्दै निस्फिक्रीसग हिडेका कर्मचारीहरु पनि भेटिएका छन् ।
अरुलाई आचार संहिताको पाठ पढाउनुपर्नेमा यसरी आचार संहिता विपरित वौद्धिक वर्ग नै आचार संहिता विपरितका कार्य गरिरहदा निर्वाचन आयोग के गरिरहेको छ भनेर निर्वाचन आयोगका पदाधिकारीहरुसग प्रश्न गर्दा ”सबैकुरा निर्वाचन आयोगले अनुगमन गर्न सक्दैन । धेरै कुरा राजश्व खाने शिक्षित वर्गको नैतिकताभित्र पनि पर्छ । अब नैतिकता, कर्तव्य र आफु को हुँ भन्ने भुलेर कसैले आचारसंहिता उलंघन गर्छ भने आयोग त छदैछ नि, हामीले सुक्ष्म रुपमा शिक्षक, तथा कर्मचारी, व्यास नगरपालिकाको विभिन्न समितिमा बसेर तलब भत्ता खाईरहेका व्यक्ति र अन्य कार्यालयका कर्मचारी तथा पदाधिकारीहरु पार्टीको झण्डा बोक्दै घरदैलो गरेको, मन्चमा भाषण गरेको, कार्यक्रम संचालन गरेको, यो पार्टीको उमेदवारलाई जिताउ भन्दै लेखेको फोटो भिडियो तथा सामाजिक संजालका पोष्टहरु प्रमाणको रुपमा संकलन गरिरहेका छौ , केहि समय अगाडि नगरपालिकाका एक जना कर्मचारीले चुनाव प्रचार प्रसार गरेको फेसबुक स्टाटसको बारेमा खबर आएको थियो त्यस्को बारेमा पनि छानविन गर्दैछौ, कानुनी शासन छ कारवाही त अवश्य नै हुन्छ” भन्नुभएको छ । यसै बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेसग पटक पटक सम्पर्क गर्दा उहाँको फोन उठेन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?