तनहूँको प्रारम्भिक मतगणनामा नेकपा एमालेको अग्रता

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लामा भईरहेको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उमेदवारहरुले अग्रता लिनुभएको छ । मतगणना भईरहेका पालिकाहरु मध्ये भिमाद नगरपालिका, म्याग्दे, घिरिगं, ऋषिगं र देवघाट गाउँपालिकामा नेकपा एमालेका उमेदवारहरुको अग्रता रहेको छ । त्यसैगरि आँबु खैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेदवारहरुको अग्रता रहेको छ । त्यसैगरि शुक्ला गण्डकी नगरपालिकामा नेपाली कांग्रेसका उमेदवारको अग्रता रहेको छ । भानु नगरपालिकाको मतगणना भर्खरै शुरु भएको खबर प्राप्त भएको छ भने व्यास नगरपालिकाका स्वतन्त्र उमेदवार दिपकराज जोशीमाथि कुटपिट भएपछि उहाँ उपचारको लागि काठमाण्डौ जानुभएपनि मतगणनाका बारेका केहि निर्ण य भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?