 
                                     
								तनहूँ । भिमाद नगरपालिकाका निवर्तमान मेयर एवं नेकपा एमालेका नेता मेखबहादुर थापा वडा सदस्यमा निर्वाचित हुनुभएको छ । निवर्तमान मेयर थापा भिमाद नगरपालिका वडा नं. २ को खुल्ला वडा सदस्यमा १ हजार ३ सय ४१ मत ल्याई विजयी हुनुभएको हो ।
वडा नं. २ मा वडा अध्यक्षमा नेकपा एमालेका दिनेशकुमार थापा १ हजार ५ सय ६१ मत ल्याई विजयी हुनुभएको छ । त्यसैगरि अन्य वडा सदस्यहरुमा नेकपा एमालेकै खुल्ला तर्फबाट प्रेम राना, दलित महिला सदस्यतर्फ सुष्मा नेपाली र महिला सदस्य स्यानीमाया थापा निर्वाचित हुनुभएको छ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


