तनहूँ । तनहूँको भिमाद नगरपालिकाको मेयरमा नेकपा एमालेका उमेदवार दधिराज सुवेदी र उपमेयरमा नेकपा एमाले कै शारदा खनाल विजयी हुनुभएको छ । सुवेदीले गठबन्धनबाट उमेदवार बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उमेदवार काजीमान श्रेष्ठ र खनालले गठबन्धनबाट उमेदवार बन्नुभएका नेपाली कांग्रेसका मिलन आलेलाई पराजित गर्नुभएको हो ।
विजयी सुवेदी नेकपा एमालेको पुरानो नेता एवं हालसालै विघटित भुमी आयोग तनहूँको अध्यक्ष हुनुहुन्छ भने खनाल नेकपा एमाले तनहूँको महिला नेतृ एवं भिमाद नगरपालिकाको निवर्तमान् उपमेयर हुनुहुन्छ ।








