माओवादीको हातबाट नेकपा एमालेले खोस्यो बन्दिपुरको सत्ता

  • ख-
  • ख+

तनहूँ । चाहिनेभन्दा बढि आत्मरतिमा रमाउने बानी र आपसी वैमस्यता आफैलाई घातक हुन्छ भन्ने पछिल्लो उदाहरण तनहूँ जिल्लाको बन्दिपुर गाउँपालिकाको स्थानिय निर्वाचनमा छरपष्ट देखिएको छ । हालै सम्पन्न निर्वाचनमा बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नेता सुरेन्द्र थापा निर्वाचित हुन सफल हुनुभएको छ । उहाँले आफ्ना प्रतिष्पर्धीहरु बन्दिपुरका निवर्तमान् अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता पुर्णसिंह थापा र नेपाली कांग्रेसका नेता धुव्रलाल प्रधानलाई पराजित गर्न सफल हुनुभएको छ ।
नेकपा एमाले बन्दिपुरमा पपुलर हुनु , अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुको कामकारवाहीमा औला ठड्याउने प्रशस्त कामहरु हुनु , नेकपा एमालेमा उमेदवार चयनमा विवाद नहुनु र नेकपा एमालेले अगाडि बढाएका उमेदवारहरु अरु पार्टीका उमेदवारहरुभन्दा आशातित असल हुनुको कारणले नेकपा एमालेले निर्वाचन जित्न सक्ने ल्याकत राख्ने भएपनि अरु पार्टीमा एकअर्कालाई देखि नसहने, एक अर्काको अस्तित्व स्विकार नगर्ने र मै खाँउ मै लाँउ भन्ने सोचाईले गर्दा बिशेषत नेकपा माओवादी केन्द्र बन्दिपुरबाट सत्ताको साँचो नेकपा एमालेको हातमा गएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?