तनहूँ । तनहूँको स्थानिय निर्वाचनमा निवर्तमान् जनप्रतिनिधिहरु धमाधम पराजित भईरहदा ऋषिगं गाउँपालिकाका निवर्तमान् अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ पुनःनिर्वाचित हुन सफल हुनुभएको छ ।
नेपाली कांग्रेस ऋषिगंमा टिकट वितरणमा असन्तुष्टि जनाउदै नेपाली कांग्रेसका स्थानिय नेता श्रीराम थापाले स्वतन्त्र उमेदवारी दिनुभएको थियो । पुतली चिन्ह लिएर निर्वाचनमा उठ्नुभएका थापा निर्वाचित हुन सक्ने वा श्रीराम थापाको उमेदवारीले नेकपा एमालेका उमेदवार हरिराज कडेंललाई फाईदा हुन सक्ने आंकलनका बिच राजेन्द्रकृष्ण श्रेष्ठ विजयी हुदाँ नेपाली कांग्रेसका वागी स्वतन्त्र उमेदवार श्रीराम थापा र नेकपा एमालेका उमेदवार एवं नेकपा एमाले तनहूँका उपाध्यक्ष हरिराज कडेंल पराजित हुनुभएकोछ ।
पुनः पालिका प्रमुखमा दोहोरिने चाहने अन्य पालिकाहरुमा निवर्तमान जनप्रतिनिधिहरुमध्ये बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा, म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना, आँबुखैरनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर राना र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा पराजित भईसक्नुभएको छ भने व्यास नगरपालिकाका निवर्तमान् प्रमुख बैकुण्ठनाथ न्यौपाने उमेदवार भएको व्यास नगरपालिकाको वडा नं. ८ को निर्वाचन पुनः हुन लागेकोले मतगणना भएको छैन ।
दोहोरिन चाहने ६ जना मध्ये ४ जना निवर्तमान् प्रमुखहरु पराजित भईरहदा ऋषिगं गाउँपालिकाकै निवर्तमान् प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले पुनः निर्वाचनमा विजयी हुनुलाई नेपाली कांग्रेसका कार्यकर्ता एवं आम मानिसहरुले राजेन्द्रकृष्ण श्रेष्ठकोको सफल रणनिति मानेका छन् ।








