 
                                     
								तनहूँ । स्थानिय तहको निर्वाचनमा तनहूँको व्यास नगरपालिकामा निर्वतमान मेयर बैकुण्ठनाथ न्यौपाने जितको नजिक पुग्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिष्पर्धी स्वतन्त्र उमेदवार दिपकराज जोशीसग झिनो मतले अग्रता लिन सक्ने सम्भावना देखिएको छ । व्यास ९ को मतगणना गर्दा पछाडि पर्नुभएका न्यौपानेलाई व्यास १० बाट आएको मतले राहत दिएको र मत गणना शुरु भएको दिनको धेरैपछि उहाँले अग्रता कायम गर्नुभएको छ ।
व्यास नगरपालिकाको निर्वाचनमा कुल ३०,२४७ मत खसेकोमा हालसम्म २५ हजार ९८७ मत गणना भएकोमा न्यौपानेले १०३५९ र दिपकराज जोशीको १००२८ मत प्राप्त गर्नुभएको छ । मतगणना गरिरहेका वडाहरु व्यास १०,११, १३ र १४ मा नेपाली कांग्रेस र बैकुण्ठ न्यौपाने पक्षको राम्रो पकड भएकोले न्यौपानेको जित सहजै हुने धेरैको विश्वास रहेको छ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


