२५२ मतको अन्तरले व्यासको मेयरमा बैकुण्ठनाथ न्यौपाने निर्वाचित

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाका निवर्तमान मेयर बैकुण्ठनाथ न्यौपाने व्यास नगरपालिकाको निर्वाचनमा निर्वाचित हुनुभएको छ । न्यौपानेले स्वतन्त्र उमेदवार दिपकराज जोशीलाई २५२ मतले पराजित गर्नुभएको हो । नेकपा एमालेद्धारा समर्थित नेपाली कांग्रेसका पुवै सह महामन्त्री गोविन्दराज जोशीका पुत्र एवं स्वतन्त्र उमेदवार दिपकराज जोशीले मत प्राप्त गर्दा नेपाली कांग्रेस तनहूँका नेता न्यौपानेले १२०७८ मत प्राप्त गर्नुभएको थियो ।
नेपाली कांग्रेस तनहूँका पूर्व सभापति न्यौपानेले पुनः मेयरको पदमा उमेदवार हुन लाग्दा आईपरेका अनेकौ बाधा अवरोध र अड्कलहरुबिच अघिल्लो निर्वाचनको तुलनामा निकै झिनो मतान्तरले पुनः व्यासको मेयरमा निर्वाचित हुन सक्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?