व्यास नगरपालिकाको वडा अध्यक्षमा अधिकांश युवाहरु विजयी

  • ख-
  • ख+

तनहूँ । भर्खरै सम्पन्न स्थानिय निकायको निर्वाचनको नतिजा नियाल्दा व्यास नगरपालिकाको वडा अध्यक्षमा युवाहरुको उल्लेख्य उपस्थिति रहेको छ । हुन त नेपालको राजनीतिमा बृद्धभत्ता खान दुई चार महिना नपुगेका नेताहरुले आफुलाई युवा नेताको पगरी गुथाईरहदा व्यासका विजयी वडा अध्यक्षमध्ये ३,४ जना बाहेक सबैलाई युवा नेता भनिएला तै पनि कोहि कपाल तिल चामले भएका, कोहि कपाल रंगाएर कालो बनाएका भएपनि ५ जना वडा अध्यक्षहरुलाई युवा वडा अध्यक्ष मान्न सकिन्छ । नेपाली कांग्रेसको उमेदवारको रुपमा व्यास नगरको मुटु व्यास नगरपालिका वडा नं. ३ को वडा अध्यक्षमा निर्वाचित ४१ बर्षिय अनुप राना व्यास नगरपालिकाको युवा वडा अध्यक्षभन्दा नागरिकता जुधाईरहने आवश्यकता नपर्ला । हंसमुख स्वभावका राना व्यास ३ बाट विजयी भएपश्चात नेपाली कांग्रेसमा पनि अब त युवाहरुले केहि मौका पाउछन् कि भन्ने आशा जागेको स्वयं नेपाली कांग्रेसमा आवद्ध अन्य युवाहरुको रहेको छ ।
सानै उमेरदेखि कपाल फुलेका बिष्णुमार श्रेष्ठ अर्थात हिमाललाई पनि राजनीतिकको भिडमा युवा वडा अध्यक्ष नै भन्नुपर्दछ । नेकपा एमालेको प्रतिनिधित्व गर्दै व्यास नगरपालिकामा छिर्न लाग्नुभएका श्रेष्ठ पनि हेर्दा युवा मात्र होईन साच्चिकै युवा जोश भएको जनप्रतिनिधिको रुपमा व्यास नगरपालिकाले पाएको छ ।
व्यास नगरपालिका वडा नं. ६ का अध्यक्ष जीवन गुरुगं (कुमार ) पनि अर्का युवा वडा अध्यक्ष निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको उमेदवारको रुपमा निर्वाचनमा होमिनुभएका कुमारलाई युवा उमेदवारको रुपमा रहेकोले पनि मतदाताहरुको मन आर्कषित भएको स्वयं कांग्रेसीजनहरुको भनाई रहेको छ ।
पार्टी सम्झदा कांग्रेस भन्नुपर्ने हो नत्र युवराज गुरुगंको युवापन, सरलपन , सबैसग मिल्न सक्ने बानीले गर्दा पनि भोट हाल्नेबेला युवराजलाई हाल्ने कि आफ्नो पार्टीको आधिकारिक उमेदवारलाई हाल्ने एकपटक सोच्नुपर्छ भन्ने विरोधी पार्टीका कार्यकर्ताको भनाईले पनि गुरुगं युवा भएकै कारण पनि धेरै मानिसको प्रिय भएको कुरा लुकेको छैन । व्यास ८ को वडा अध्यक्षमा निर्वाचित पुलिमर्यागंका युवराज गुरुगं पनि नेपालको राजनीतिक परिपेक्ष्यमा युवा नेताको पगरी गुथाउन कुनै कन्जुस्याँई गर्नुपर्दैन ।
व्यास १३ का बसन्त आले त नेपाली कांग्रेस तनहूँको सदावहार युवा नेता भएको कुरा कसैलाई बताईरहनु नै पर्दैन । बिद्यार्थी तथा तरुण राजनीति गर्दै व्यास १३ को वडा अध्यक्ष निर्वाचत हुनुभएका आलेभन्दा केहि कम उमेर भएका मान्छेहरु वडा अध्यक्ष भएपनि कांग्रेसका बल्ग्रेती नेताहरु भएको ठाउँमा बसन्त आलेले वडा अध्यक्ष हुने मौका पाउदा अरुले पनि अब बल्ल तनहूँको जनप्रतिनिधिहरुमा पनि युवाहरुले मौका पाउने भए भनेर सन्तोषको सास फेरेका छन् ।
१४ जना वडा अध्यक्षहरु भएको व्यास नगरपालिकामा अन्य केहि वडा अध्यक्षहरु पनि राजनीतिमा युवा नै भएपनि ५ जना युवा वडा अध्यक्षहरुले साच्चै भिजनका साथ काम गरेको खण्डमा युवाहरुप्रति वर्तमान् समाजले सोच्ने गरेको सकारात्मक धारणालाई सहि सावित गर्न सक्नुहुनेछ त्यसो गर्न सकेको खण्डमा वहाँहरुलाई राजनीतिक फाईदा हुनेछ र व्यास नगरपालिकाले अझै प्रगति गर्छ भन्ने कुरामा कुनै शंका गर्नुपर्नेछैन

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?