 
                                     
								तनहूँ । व्यास नगरपालिकाको मेयर पदमा पराजित हुनुभएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले व्यास नगरपालिकाका केहि वडाहरुमा पुनः मतगणनाको माग गर्नुभएको छ ।  बैशाष ३० गते व्यास ८ मा भएको घटनामा घाईते दिपकराज जोशी हिजो काठमाण्डौबाट दमौली आएपश्चात उहाँलाई समर्थन गरेको नेकपा एमालेका पराजित तथा विजयी जनप्रतिनिधिहरुको  उपस्थितिमा उहाँले उक्त भनाई व्यक्त गर्नुभएको हो । उक्त अवसरमा उहाँले भावुक हुदै ‘‘आफुले व्यासका जनताबाट यो किसिमबाट माया पाउछु भनेर कहिल्यै कल्पना नगरेको र जुन मायामाया त्यसले गर्दा झनै यहाँ भएका अन्यायय अत्याचार, बेथिति बिरुद्ध लड्न प्रेरणा मिलेको” बताउनुभएको थियो ।
”मतगणना निष्पक्ष रुपमा र आयोगको निर्देशन अनुरुप नभएको भन्दै उहाँले जनमतको कदर गर्ने तर नियम कानुनको पालना सबैले गर्नुपर्ने ” बताउनुभएको थियो ।
उक्त अवसरमा उपमेयर पदकी उमेदवार बसुन्धरा घर्तिले ”निर्वाचनको मतगणना जुन नियम कानुन अनुसार हुन्छ भनिएको थियो त्यहि अनुरुप नगरेर कुनै व्यक्ति बिशेषलाई जिताउने मनसायबाट गरिएकोले पुनः मतगणनाको माग अत्यन्तै जायज भएको ” बताउनुभएको थियो ।
नेकपा एमाले र तनहूँको नेपाली कांग्रेसका पुर्वै सह महामन्त्री गोविन्दराज जोशी समुहबिच भएको तालमेलमा मेयरको उम्मेदवार बन्नुभएका जोशी नेपाली कांग्रेसका उमेदवार एवं व्यासका विर्तमान् मेयर बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतले पराजित हुनुभएको हो ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


