पार्टीलाई कुण्ठा र प्रतिशोधको थलो बनाई कारवाही सिफारिसको नाटक गरिएको धुव्र वाग्लेको आरोप

  • ख-
  • ख+

तनहूँ । नेपाल कांग्रेसका नेता एवं केन्द्रिय सदस्य धुव्र वाग्लेले निर्वाचनमा भएको हारलाई आफु लगायथत अन्य सहकर्मी साथीहरुलाई कारण भएको बताउदै व्यक्तिगत कुण्ठा र प्रतिशोधको थलो बनाई कारवाहीको नाटक गरिएको बताउनुभएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारि गर्दै व्यास न. पा. वार्ड नं. ५ वार्ड समिती समिक्षा बैठकमा केही नेपाली कांग्रेसका साथिहरुबाट निर्वाचनमा असहयोग भएको र त्यस्ता असहयोगी साथीहरुको हकमा आवश्यक अनुसन्धान गर्न सिफारिस गर्ने निर्णय भै सम्पुर्ण कार्य समितिका सदस्यहरु घर फर्किसकेपछि एकाएक कुनै अज्ञात ब्यक्ति र शक्तिको इसारामा केन्द्रिय सदस्य ध्रुव वाग्लेको नाम समेत पठाउनु भनी आदेश दिए बमोजिम, केही सिमित ब्यक्तिहरुको मिलिमतोमा मेरो नाम समेत समावेश गरिएको विषयप्रती मेरो गम्भीर ध्यान आकर्षण भएको बताउनुभएको छ विज्ञप्तिमा अगाडि व्यास ५ को मात्र होईन समग्र व्यास नगरपालिकामा के कस्को कारणले नेपाली कांग्रेसको मत कम आयो मतदाता तथा शुभेच्छुकहरु मात्र होइन विपक्षी दलहरु समेतसंग तथ्यगत र निष्पक्ष सर्वेक्षण गरि कस्को के भुमिका रहयो भनी अनुसन्धान गर्न समेत म चुनौती दिन चहान्छु भनिएको छ ।
स्थानिय निर्वाचनमा वाग्लेको गृह वडा व्यास ५ मा नेपाली कांग्रेसका मेयर पदका उमेदवारलाई कम मत आउनु र वडा अध्यक्षका उमेदवार पराजित भएपछि वडा नेपाली कांग्रेस वडा कमिटिले केन्द्रिय सदस्य सहित अन्य केहिलाइृ कारवाहीको सिफारिस गरेको छ ।

प्रेस विज्ञप्ति

गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको विषयलाइ लिएर व्यास न. पा. वार्ड नं. ५ वार्ड समिती समिक्षा बैठकमा केही नेपाली कांग्रेसका साथिहरुबाट निर्वाचनमा असहयोग भएको र त्यस्ता असहयोगी साथीहरुको हकमा आवश्यक अनुसन्धान गर्न सिफारिस गर्ने निर्णय भै सम्पुर्ण कार्य समितिका सदस्यहरु घर फर्किसकेपछि एकाएक कुनै अज्ञात ब्यक्ति र शक्तिको इसारामा केन्द्रिय सदस्य ध्रुव वाग्लेको नाम समेत पठाउनु भनी आदेश दिए बमोजिम, केही सिमित ब्यक्तिहरुको मिलिमतोमा मेरो नाम समेत समावेश गरिएको विषयप्रती मेरो गम्भीर ध्यान आकर्षण भएको छ। यहाँ सम्मकि बिजेता ४ जना वार्ड सदस्यहरु, पराजित वार्ड अध्यक्ष र पार्टीको टोल संगठनका पदाधिकारी समेतलाई गुमराहमा राखी नाम समावेश गरेको विषय वहाँहरु स्वयंले विभिन्न माध्यमबाट प्रकट गर्नु भएको छ। येसै बाट प्रमाणित हुन्छ कि यो निर्णय प्रतिशोध र बिद्वेसको आवेगमा गरिएको हो र यस्ता तथ्यहिन र प्रमाणरहित लान्छना खास गरेर पार्टीको आन्तरिक राजनीतिमा आफ्नो विपक्षमा रहेका साथीहरुको विरुद्ध प्रयोग भै रहेको कुरा सबैलाइ विदितै छ।
जहाँसम्म वार्ड न ५ को निर्वाचनमा पराजय र कम मत आएको विषय उठाइएको छ, त्यस्का पछाडी भीषण रुपमा उठेको जातीय मुद्दा, छेत्रगत प्रतिनिधित्व नभएको आक्रोश, गठबन्धनको सहयात्री दल माओवादि पार्टीको कांग्रेस बिरोधि उमेदवारकाप्रती समर्थन हुनु र उम्मेदवारहरुको असन्तुलित चयन जस्ता विषय प्रमुख रुपमा रहेका छन् ।
व्यास न पा वार्ड नं.२, ३ र ४ लगायत थुप्रै वार्डहरुमा आएको कम मतका पछाडी पनि यी र येस्तै अन्य कारक तत्वहरु प्रमुख छन् भन्ने विषयलाई गम्भीरतापुर्वक अध्ययन गर्नुको सट्टा एउटा निष्ठावान र पार्टीप्रती समर्पित ब्यक्तिको चरित्र हत्या गरि आगामी संसदीय निर्वाचन समेतलाई प्रभावित गर्ने गरि अँध्यारो कोठामा खेलिएको यो कपटपूर्ण खेलको म निन्दा गर्न चाहन्छु र पार्टीप्रती समर्पित सम्पुर्ण साथिहरुलाई यो दुस्प्रचारबाट सतर्क रहदै यस्तो निम्न कोटिको चालबाजि विरुद्ध प्रतिकार गर्न समेत अपिल गर्द्छु।
व्यास न पा वार्ड नं. ५ का बिसौ टोल संगठनका मतदाता तथा सुभेछुकहरु मात्र होइन विपक्षी दलहरु समेतसंग तथ्यगत र निष्पक्ष सर्वेक्षण गरि कस्को के भुमिका रहयो भनी अनुसन्धान गर्न समेत म चुनौती दिन चहान्छु।
ब्यक्तिगत कुंठा र प्रतिशोधको थलो पार्टीलाइ नबनाइ आगामी निर्वाचनमा समेत पार्टीलाई तोड्ने होईन जोड्ने अभियानका साथ योग्दान दिन सम्पुर्ण साथिहरुमा अपिल गर्दछु । जयनेपाल
ध्रुव वाग्ले
केन्द्रीय सद्स्य
नेपाली कांग्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?