 
                                     
								तनहूँ । तनहूँको व्यास नगरपालिकाको कार्यालय रहेको भवनमा पोखरी बनेको छ । नगरपालिकाको भवनको अण्डरग्राउण्डको पार्किङमा भवनको चारैतिरबाट पानी रसाएर पोखरी बनेको हो । पार्किगमा पोखरी बनेपछि व्यस्त दमौली बजारमा पार्किगं गर्ने ठाउँ नपाएर उक्त स्थानमा सवारी साधन पार्क गर्न खोज्नेहरुलाई समस्या भएको छ ।
भित्ताभरि पानी रसाएको, पिल्लरहरुमा करिव ३ फिटसम्म पानीले भिजेको, जताततै माकुराले बनाएका जालोहरु, बर्षौैदेखि थुपारिएका निर्माण सामाग्रीका स साना थुप्राहरु , भवनका कोठाकोठामा पानी रसाएर बनेको बिचित्रका चित्रहरु जताततै देख्न देख्न सकिन्छ । बर्षौ बितिसक्दा पनि सर्वसाधारणको लागि पार्किगं खुल्ला नगरिएको उक्त पार्किगंको भुई पनि भग्नावशेष भईसकेको छ ।
”निकै राम्रो र उत्कृष्ट भनेर गफ हाँक्दै बनाएको भवनको त यो ताल छ अब बन्ने भवन पनि यस्तै त बन्ने होला नि पहिला यस्लाई सम्हाल्नु अनि अर्को बनाउनु नि ,…. पाएपछि जे पनि गर्ने भए कर्मचारी र जनप्रतिनिधिहरु” उक्त पार्किगंमा पानीबाट जुत्ता जोगाउदै हिड्नुभएका एक सेवाग्राही भुत्भुताउदै हिडेको उक्त कार्यालयमा पुग्दा देखिएको थियो ।
व्यास नगरपालिकाको अत्याधुनिक भनिएको कार्यालय प्रायोजनको र व्यापारिक प्रायोजनको लागि निर्माण गरिएको उक्त भवन तत्कालिन राष्टपति डाक्टर रामवरण यादवले उद्घाटन गर्नुभएको हो । अत्याधुनिक भवनको यस्तो दुराअवस्था भईरहदा व्यास नगरपालिकाले फेरि करोडौको लागतमा अर्को व्यापारिक भवन बनाउन लागेको छ ।






 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


