तनहूँमा याम्पा घाँसीकुवा सडकखण्ड जेठ २२ गते राति ११ बजेदेखि बन्द हुने

  • ख-
  • ख+

तनहूँ । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहूँको याम्पा फाँट र घाँसीकुवा खण्ड यही जेठ २२ गतेदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।

सो क्षेत्रमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहूँले जनाएको छ ।
राति ११ बजे अगाडि र बिहान ४ बजे पछाडिको समयमा मात्र सो सडकखण्डमा गाडी चलाउन आयोजनाले आग्रह गरेको छ ।

हाल मुग्लिन–पोखरा सडकखण्डका बिभिन्न स्थानमा सडक फराकिलो बनाउने र मर्मत गर्ने काम जारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?