व्यास नगरपालिकाले उपहार दिएको ६० लाखको स्कार्पियो कस्ले चढ्ला ?

  • ख-
  • ख+

तनहूँ । महर्षि वेदव्यासको नामबाट नामाकरण गरिएको व्यास नगरपालिका यतिबेला टाट पल्टिने अवस्थामा पुगेको छ । कार्यकर्ता भर्तिकेन्द्र बनाउदै आवश्यकताभन्दा बढि करारमा कर्मचारी भर्ति गरिएका कारण महालेखाले करोडौ रुपैया बेरुजुँ देखाएको त छदैछ आर्थिक रुपमा टाट पल्टन लागेर कर्मचारीलाई समयमा तलब दिन नसक्नु र भुक्तान गर्नुपर्ने रकम पनि समयमा नै भुक्तान गर्न नसक्नु व्यासमा नौलो रहेको छैन तै पनि व्यास नगरपालिकाका निवर्तमान् पदाधिकारी र कर्मचारीहरुको दानविर मनको जति प्रशंशा गरेपनि कम हुन्छ । कर्मचारीहरुले बिसौ बर्ष र जनप्रतिनिधिहरुले पाँच बर्ष गुजारिसक्दा पनि एउटा बाटोमा २, ४ हजार बजेट हालेर खाल्टो पुर्न नसक्ने, नाली मर्मत गर्न नसक्ने, फोहोर व्यवस्थापन, सडकपेटी मर्मत गर्न नसक्दा पनि मिलेमतोमा ६० लाख पर्ने स्कार्पियो जिप खरिद गरेर व्यास नगरपालिकाले उपहार दिएको छ । व्यास नगरपालिकाले त्यसरी उपहार दिएको जिप हो ग १ झ ५४३ नम्बरको स्कार्पियो जुन व्यास नगरपालिकाको रेकर्डमा अर्को निकाय जिल्ला समन्वय तनहूँमा गएको भनिएको छ ।
किन गयो त जिल्ला समन्वय समिति तनहूँमा नगरपालिकाको जिप ? भनेर प्रश्न गर्दा नगरपालिकाका सम्बन्धित फाँटवालासग जवाफ छैन । कसरी गयो, गुडेर गयो त कस्ले लग्यो ? जनताको ढाँड सेक्ने गरेर राजश्व उठाउने अनि गाडि खरिद गरेर अरुलाई उपहार दिने ? भाडामा दिईएको हो भने मासिक भाडा कति आउछ ? भनेर प्रश्न गर्दा कसैसग जवाफ पाउन सकिदैन ।
नगरपालिकाको रेकर्ड जि. स. स. तनहूँमा गएको भनिएको उक्त गाडि स्थानिय निर्वाचन अगाडिसम्म जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्लेले प्रयोग गर्ने गरेको भएपनि उहाँको कार्यकाल सकिएको हुनाले नगरवासीको रगत पसिनाले किनिएको स्कार्पियो जिप अब कस्ले चढ्ला धेरैको कौतुहलता भएको छ ।

व्यास नगरपालिकाले पहिलाको झै उक्त गाडि जिल्ला समन्वय तनहूँलाई उपहार स्वरुप दिएर आउने जिल्ला समन्वय प्रमुखलाई प्रयोग गर्न दिन्छ कि जनताले तिरेको राजश्वमा दाँई हाल्नको लागि स्थानिय निर्वाचनको बेला गठन गर्ने गरि आश्वासन बाँडिएको व्यास नगर बिकास प्राधिकरणका प्रमुख वा व्यास नगर योजना आयोगका पदाधिकारीले प्रयोग गर्नुहुन्छ सबैले चासोका साथ प्रतिक्षा गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?