तनहूँ । तनहूँको बन्दीपुर गाउँपालिका वडा नं १ स्थित बागदले शिखर डाँडामा चितुवाको आक्रमणबाट भीमलाल गरञ्जा (माईला) घाईते हुनुभएको छ । राति २ः३० बजे घरमै चितुवाले आक्रमण गर्दा माईला सामान्य घाईते हुनुभएको र निजको डुम्रेको मोती मेडिकल हल डुम्रेमा उपचार भईरहेको वडा नंं १ का अध्यक्ष एवं बन्दिपुर गाउँपालिकाका प्रवक्ता शिबकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । हिजो मात्र सोहि ठाउँका बन्दीपुर गाउँपालिका वडा नं. ४ मा साँझ ८ः३० बजे घरमै बसी रहेको अबस्थामा ८ वर्षीया बालिका रियाना थापालाई चितुवाले आक्रमण गरी घाईते बनाएको थियो।
प्रायश यो सिजनमा चितुवाको आक्रमण भईरहेने भएकोले सबैलाई सचेत बनाउने कार्य भईरहेको र घाईतेको उपचार गर्ने कार्य पनि गरिरहेको वडा अध्यक्ष शिबकुमार श्रेष्ठले बताउनुभएको छ ।








