माछा मार्न गएका दुई युवकको चुँदीखोलामा डुबेर मृत्यु

  • ख-
  • ख+

(तस्विरः सांकेतिक)

तनहूँ । तनहूँको भानु नगरपालिका भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेरहमा माछा मार्ने क्रममा २ युवकको आइतबार डुबेर मृत्यु भएको छ । भानु नगरपालिका वडा नं. २ बस्ने वर्ष २२ को सागर गुरुङ र वर्ष ३५ को धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।
मामा र फुपुको छोरा नाताले दाजु र भाइ मिलेर माछा मार्न गएको र पौडी खेल्दै माछा मार्ने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको हो ।
दिउँसो ४ः३० बजे स्थानीयले दुवैलाई मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको र शव खोलाबाट निकालेर दमौली अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?