तनहूँ । ब्यास नगरपालिका वडा नं. १० खहरे टोल अवस्थित परेवाडाडा (छोटि चौतारा ) बाट मनपर्दी रुपमा हाईटेन्सन बिजुलीको पोल सारिएकोमा स्थानिय बासिन्दा आक्रोशित भएका छन् । उत्तः स्थान निवासी मनोज सुवेदीका अनुसार मादि पारि चिन्टुटार जोड्ने झोलुगे पुल बनाऊने कार्यमा पुल योजना भन्दा पहिला त्यहि भुभागमा पर्ने मिदिम हाईड्रोपावरको हाई भोल्टेजको लाईन भऐको हुनाले पुल बनाऊनका लागि त्यस हाईटेन्सनको लाईन छोटिचौताराका बस्तिलाई र त्यहा भएका घरहरु नजिक बाट लग्न खोज्दा स्थानियले अवरोध गरे सगै स्थानियलाई घुमाउरो पारामा धम्किको भाषा प्रयोग गरि ब्यास नगरपालिकका मेयर बैकुन्ठनाथ न्यौपानेको उपस्थितिमा स्थानियको मन्जुरि बिना पोल गाडिएको छ । एकल महिला,महिलाहरु बालबालिका मात्र भऐको त्यस ठाऊमा उनीहरुहरुलाई झुठा आस्वासन र धम्किको भाषा प्रयोग गरिएको बताउनुभएको छ । सुवेदीका अनुसार विकासको नाऊमा कमभन्दा कम क्षति पुग्ने गरि गर्नुपर्नेमा धेरैलाई क्षति पुग्ने गरि स्थानियको घरजग्गाबाट हाईटेन्सनलाईन लग्ने कार्ययोजना पारित कसरी र कस्को फाईदाको लागि गरियो प्रश्न उठाउनुभएको छ । उहाँले उक्त स्थानमा पहिले हाईटेन्सन लाईन हुदाहुदै झोलुगें पुलको योजना पारित कसरी भयो प्रश्न उठाउनुभएको छ । स्थानिय बासिन्दाले बल प्रयोग गर्न खोज्दै जबरजस्ति गुनासो आईंरहदा मेयरसाबजस्तो मान्छेले जनताको आवाज सुन्नुपर्ने बताउनुभएको छ । बिकासको नाऊमा कसैको पक्षपोषण र कसैको उठिवास लाउने काम गर्न कस्ले अधिकार दियो यो प्रश्नले मेयरसाबलाई सधै लखेटिरहने बताउनुभएको छ ।
यसै बिषयका नेपाल बिद्युत प्राधिकरण तनहूँ सबतरण केन्द्रका प्रमुख मेखराज जोशीसग सम्पर्क गर्दा फिल्डमा हेरि स्थानिय वासीको स्विकृति र वडा कार्यालयको सिफारिसमा नेपाल विद्युत प्राधिकरण केन्द्रिय संचालक समितिबाट स्विकृत गराई नेपाल सरकाको क्याविनेटको निर्णयबाट पोल सार्ने सिवकृत भएकोले उक्त कार्य गरिएको बताउनुभएको छ । स्थानिय वासिन्दा हिजो जो उक्त पोल सार्न मन्जुर हुनुभएको थियो उहाँहरुलाई गुमराहमा राखियो कि किन उहाँहरुले आज आएर असन्तुष्टि राख्नुभयो त्यो सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनुभएको छ ।








