चितवनको घोप्टेभीरमा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग डेढ घण्टापछि खुल्यो

  • ख-
  • ख+

पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड डेढ घण्टा पछि संचालनमा आएको छ । ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको सडक दुबै तर्फबाट संचालनमा आएको ईलाका प्रहरी कार्यालय मुग्लिन चितवनले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीसहितको सडक विभागको टोलीले सडक खुलाएको र दुई तर्फि बाटो खुलेपछि सवारी चाप बनाउने काम भईरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सुनजित तमागंले जानकारी दिनुभएको छ ।। सडक अवरुद्ध हुँदा काठमाडौ‌ं जाने र मुग्लिनतर्फ आउने गाडी सवारी साधन र यात्रु करिब डेढ घण्टा रोकिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?