आँबुखैरेनीमा पावर हाउसको पुलबाट मिनी ट्रिपर खस्दा म्याग्देका रामबहादुरको मृत्यु

  • ख-
  • ख+

तनहूँ । तनहूँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।

चालक तनहूँको म्याग्दे गाउँपालिका वडा नं. ६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेज भरतपुरमा आज बिहान सवा ६ बजे मृत्यु भएको हो ।
मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको ईलाका प्रहरी चौकी आवु खैरेनीका प्रमुख प्र.ना.नि. बासुदेव थापाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?