 
                                     
								तनहूँ । केहि महिना अगाडि तनहूँको भानु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा गाडि मोह देखिएको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा चण्डिका पौडेलको आगमन पश्चात नगरपालिकाले निकै महगों मुल्य भाडा तिर्ने गरि गाडि भाडामा लिएको हो । करसहित मासिक १ लाख ५० हजारमा भाडामा लिईएको ग १ य १२१७ नम्बरको स्कार्पियो जिप प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले प्रयोग गरिरहनुभएको छ ।
”कार्यालयको काममा बढि व्यस्त हुनुपर्ने प्रमुख प्रशासकिय अधिकृतको सरकारी निवास कार्यालयबाट नजिकै रहेकोले मासिक रुपमा त्यत्ति धेरै रकम तिरि गाडि भाडामा लिनुभन्दा उक्त रकमको संचितिबाट आवश्यकता नै भए नयाँ गाडि नै खरिद गर्नुपर्ने र आवश्यकता नभए बिकास निर्माणमा पछाडि परेको भानुको विकास निर्माणमा लगाउनुपर्ने ” भानु नगरपालिकाका बुद्धिजिवीहरुको भनाई रहेको छ । स्मरणिय छ मासिक २३ हजार ४ सय ५० रुपैया भाडा तिर्नेगरि नगरपालिका कार्यालयबाट ५ मिनेटको दुरीमा प्रमुख प्रशासकिय अधिकृतको सरकारी निवास रहेको छ ।
”भानु नगरपालिकामा जम्मा भएको राजश्वबाट तिर्ने गरि, स्थानिय निर्वाचनको घोषणा भएको मौका पारि गाडि भाडामा लिने सम्झौता भएपनि जनप्रतिनिधिहरुको आगमन पश्चात पनि प्रमुख प्रशासकिय अधिकृतको गाडि मोहप्रति चासो नदिनुलाई धेरैले संसयको नजरबाट हेरको” नेकपा एकिकृत समाजवादीका युवा नेता मनोजकुमार श्रेष्ठको भनाई रहेको छ ।
”यसभन्दा अगाडि प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्ने गरेको गाडि बिग्रेर नबन्ने भएकोले प्रमुख प्रशासकिय अधिकृतको लागि नयाँ गाडि भाडामा लिनुपरेको ” भानु नगरपालिकाको भनाई छ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


