लोकदोहोरी गायिका दिलमाया मृत भेटिइन्ः हत्या वाआत्महत्या बारे अनुसन्धान हुदै

  • ख-
  • ख+

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर ११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन ।
पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् ।

एक छोरा भएपनि सुर्खेतमै बस्दै आएका छन् । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी छिन् ।
राजु परियारलगायतसँग उनले गाएका गीतहरू चर्चित छन् । प्रहरीले शुक्रबार साँझ मृतकको कोठामा गएका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिले आफू राति नै त्यहाँबाट फर्किएको बताएका छन् । सुर्खेतबाट छोरा आएपछि आज कानुनी प्रकृया अगाडि बढाउने प्रहरीको तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?