लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

वि वि श्रेष्ठ । तनहुँ । लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता: व्यक्ति समाज र सवैको ऐक्यावद्धता भन्ने मुल नाराको साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक) तनहुँ जिल्लाद्धारा आयोजित कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्वन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको हो । समाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र ईन्सेकको संयुक्त आयोजना सम्पन्न भएको कार्यक्रमको अध्यक्ष ईन्सेक तनहुँका अध्यक्ष रामलीला सुर्वणकारको अध्यक्षतामा भएको थियो ।
जातिय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधीसभा सदस्य केदार सिग्देल रहनुभएको थियो । अन्र्तक्रिया कार्यक्रममा प्रकृति खनाल न्यौपानेले जातिय विभेद र कोभिडका कारण महिलामा परेको आर्थिक, समाजिक, हिसाँ लगायतका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कानुनविद शिवदत्त ढकालले कार्यपत्रमा टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधीसभाका सदस्य केदार सिग्देलले महिला हिंसा अझै पनि समाजमा व्याप्त रहेको हुदाँ समाजका व्यक्तिहरु नै जागरुक भएर यसको समाधान गर्नुपर्ने वताउनुभएको थियो । कानुनमा महिला, जातजातिको हक अधिकार सुनिश्चित गरिएता पनि त्यसको सफल कार्यन्वयन हुन नसक्दा हिंसाको मात्रा नघटेको वताउनुभयो । हिंसा आफैमा स्वीकार्य हुन सक्दैन, तर पनि विभिन्न नाममा हुने महिला हिंसामा सम्वद्ध पक्ष जिम्मेवार हुने हो भने यसको न्युनीकरण गर्न सकिन्छ, वहाँले वताउनुभयो ।
ईन्सेक जिल्ला प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले संचालन गर्नुभएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य तनहुँका प्रमुख शंकरवावु अधिकारी, नेकपा तनहुँका कार्यलय सदस्य श्रीप्रसाद श्रेष्ठ, कार्यलय सचिव राजेश्वर ढकाल, व्यानपाका महिला वालवालिका शाखा प्रमुख राधा वाग्ले लगायतको सरोकारवाला पक्षहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?