व्यास १० मा कार्यकर्ता पोस्ने मनसायले बजेट वितरण: जनताका समस्या नजरअन्दाज

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. १० जनप्रतिनिधिहरुले नयाँ आर्थिक बर्षको बजेट वितरणमा मनपर्दी गरेको पाईएको छ । जनताका समस्या र आवश्यकतालाई मध्यनजर नगरि आफ्ना आसेपासे , आफ्ना कार्यकर्ता पोस्ने मनसायले बजेट वितरण गरेको पाईएको छ । देखाउनका लागि वडामा रहेका टाल बिकास संस्थाहरुबाट योजनाहरु ल्याउन आग्रह गरेपनि ति योजनाहरुलाईं रद्धिको टोकरीमा फालेर बजेट विनियोजन गरेको प्रशस्त उदाहरणहरु देखिएको छ ।

हालमा मुख्यमन्त्रीका पिता स्वर्गिय गोवर्द्धन शर्मा शर्मा अर्थात हाल व्यास १० का वडा अध्यक्ष खेमराज पोख्रेलका बन्धुको नामबाट नामाकरण गर्ने सोचले निर्माण गरिएको तालघरे, दुम्सिचौर , पोख्रेलफाँट मोटरमार्गमा नालीको समस्या, ह्युम पाईप पुरिएको समस्या , पानी निकासको उचित व्यवस्थापन समस्या सधै भईरहदा र सेवर टोल विकास संस्थाले उक्त समस्या हल गर्न लिखित आग्रह गर्दा पनि समस्या हल गर्न जनप्रतिनिधिहरुले कुनै चासो दिनुभएको छैन । दैनिक सयौ सवारी साधनहरु गुड्ने सडक, दमौलीका कलेज , नजिकैको सर्वज्योति मा. वि. मा आउने बिद्यार्थीहरु, नजिकैको सेवर दुग्द्य उत्पादक सहकारीमा दुध वितरण गर्न आउने किसान हजारौको संख्यामा हिड्ने बटुवालाई अत्याधिक समस्या हुदाहुदै र टोल विकास संस्थाले योजनामा छनोटमा आवश्यकताको सूचिमा राख्दा समेत पनि समस्या हल गर्न बजेट नछुट्याई आसेपासे कार्यकर्ता भएतिर बजेट हाल्नुलाई जनताले जनप्रतिनिधिहरु पनि कमिशनको चक्करमा लागेको बुझेका छन् ।

जनताको आवश्यकता के हो जनप्रतिनिधिले सहि पहिचान नगर्नु जनप्रतिनिधिको नालायकिपन, तत्कालिन समयमा सडक निर्माण समितिबाट भएका गल्ती कमजोरी टोप्न मनसाय वा कुनै टोल बिशेषप्रतिको राजनीतिक कुष्ठा आगामी दिनमा देखिदै जानेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?