सेवाग्राहीको मन जित्दै नेपालकै नमुना बन्दै शुक्लागण्डकी नगरपालिका !

  • ख-
  • ख+

तनहूँ । केहि महिना अगाडिसम्म एउटा कुनै काम लिएर कार्यालय आउने सेवाग्राहीलाई कम्तिमा ४, ५ वटा कोठामा ओहोदोहोर गर्न वाध्य बनाउने मात्र होईन कुनै कामको लागि हप्तौ दिन लगाउने शुक्लागण्डकी नगरपालिका सेवाग्राहीलाई सेवा दिने सवालमा नेपालकै नमुना नगरपालिका बन्ने दिशामा अगाडि बढिरहेको छ ।
गत जेठ १९ गतेका दिन नगरपालिकाले संचालनमा ल्याएको सेवा प्रवाह संचालन केन्द्र मार्फत शुक्लागण्डकी नगरपालिका कार्यालयमा जाने जो कोहिले पनि सजिलै कामहरु सम्पन्न गर्न सकिने भएको छ ।
नगरपालिका भवनको प्रवेशद्धारमा नै सेवा दिनको लागि कर्मचारीहरु बसिरहनुभएको पाईन्छ । शुरुमै अधिकृतस्तरका कर्मचारी राजेन्द्र सोति सेवाग्राहीको फाईल समात्दै ”तपाईको काम हुने नहुने कुनै कागजपत्रको कमि छ कि केहि मिनेटमा खबर आउछ है ”भन्दै बस्न आग्रह गर्नुहुन्छ । यदि तपाईले नगरपालिकाबाट लिन खोजेको सेवा र पेश गरेको फाईलमा आवश्यक कागजपत्र छन् भने बढिमा आधा घण्टाभित्र तपाईको काम भएर तपाई फाईल लिएर फर्कन सक्नुहुन्छ तर रोकिएको छ भने किन रोकियो त्यस्को जवाफ दिनको लागि आर्थिक बिकास शाखाका कृषि बिकास अधिकृत नवराज पण्डित त्यहि सेवाग्राहीको प्रतिक्षामा बसिरहनुभएको पाईन्छ । कोहि झर्को मान्दै बसेको छ , कोहि छटपटिएको देखियो भने ‘‘तपाईलाई के समस्या पर्यो कि ?’‘ भन्दै पण्डित त्यहाँ पुगेका देख्दा अचम्म पनि लाग्छ ।
सेवाग्राही पनि नगरपालिका र कर्मचारीको कार्यशैली र कार्यालयभित्र छिरेपछि गरेको रेस्पोन्सबाट अचम्मै परेको देख्न पाईन्छ । ”गरे के हुँदो रहेनछ र हेर्नुस् त कोठा कोठा चाहार्नुपर्ने झन्झट बाट मुक्ति यस्तो पो हुनुपर्छ स्थानिय सरकारको सेवा ” सम्वाददातासग एकजना सेवाग्रहीको प्रतिक्रिया रहेको थियो ।
यसै बिषयमा शुक्ला गण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपानेसग प्रतिक्रिया लिदा” योजना त पहिलादेखि नै थियो नयाँ जनप्रतिनिधिहरु आएपछि लौन त शुरु गरौ भनेर शुरु गर्दा अचकाली राम्रो प्रतिक्रिया आएको पाएका छौ , देशभरका ४० भन्दा बढि पालिकाहरुबाट लौन के गर्नुपर्छ ? कसो गर्नुपर्छ ? हामी पनि गर्नुपर्यो भनेर सम्पर्क गर्दा राम्रै काम गरेको छौ भन्ने फिल भएको छ , तैपनि यो शुक्लाका जनताले राम्रो भएको छैन अझै यसो गरे राम्रो हुन्छ भन्नु भएमा हामी अझै त्यसै अनुरुप सेवा दिन तत्पर छौ’‘ भन्नुभएको छ ।
श्रोत साधनले सम्पन्न, प्रााकृतिक रुपमा धनि , जनप्रतिनिधिलाई जनताले के सोच्छन् भन्ने राम्रोसग बुझेको नयाँ जनप्रतिनिधिहरुको जोश जाँगर, भिजन भएको नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर बि.क.अनि त्यहि अनुरुप चल्न सक्ने प्रमुख प्रशासकिय अधिकृतको क्षमता र प्रशस्त सम्भावना बोकेको शुक्ला गण्डकी नगरपालिकाले सेवा प्रवाह संचालन केन्द्र जस्तै बिकास निर्माण लगायतका अन्य क्षेत्रमा काम गर्न सक्यो भने शुक्लागण्डकी साच्चिनै नेपालकै नभएपनि गण्डकी प्रदेशको नमुना नगरपालिकाको रुपमा अगाडि बढ्ने लक्षण देखाएको छ ।

नगरप्रमुख कृष्णराज पण्डित

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?